देउवा पक्षीय नेताहरूद्वारा दाङ कांग्रेसको अधिवेशन तयारी शुरु, सम्पर्क कार्यालय र जिम्मेवारी प्रदान
घोराही । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरूले दाङमा सम्पर्क कार्यालय स्थापनाका साथै जिम्मेवारी प्रदान गरेका छन् ।
बिहीबार घोराहीमा देउवा पक्षीय नेताहरूले सम्पर्क कार्यालय स्थापनाका साथै जिम्मेवारी प्रदान गरेका हुन् । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका लुम्बिनी प्रदेशका संयोजक गेहेन्द्र गिरीले घोराही उपमहानगरपालिका वडा नं. १५ मा सम्पर्क कार्यालयको उद्घाटन र जिम्मेवारी प्रदान गरेका हुन् ।
नेपाली कांग्रेस दाङका संयोजक गोपालराज शर्माले सम्पर्क कार्यालय स्थापना गरिएको जानकारी दिएका छन् । अधिवेशन तयारीका लागि केही नेताहरूलाई जिम्मेवारी प्रदान गरिएको उनले बताए ।
लुम्बिनी प्रदेशका संयोजक गिरीले १५औँ महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन जिल्ला, क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र तथा वडा तहसम्म जिम्मेवारी बाँडफाँट गरी नेता कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताएका छन् । गिरीले कांग्रेसको संगठनलाई वडा तहसम्म बलियो र चलायमान बनाउन आवश्यक रहेको बताउएका छन् ।
१५औँ महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्रै नभई पार्टीको संगठन, नीति र विचारलाई थप सुदृढ बनाउने अवसर भएको संयोजक गिरीले बताएका छन् ।
संयोजक गिरीले महाधिवेशन तयारीका क्रममा जिल्लादेखि वडा तहसम्म जिम्मेवारी पाएका नेता तथा कार्यकर्ताले आ–आफ्नो क्षेत्रमा सक्रियतापूर्वक काम गर्नुपर्ने बताए ।
जिल्ला समिति विस्तारसँगै क्षेत्र, प्रदेश र वडा तहसम्म जिम्मेवारी दिएर महाधिवेशन तयारीमा खटाइएको संयोजक गिरीले बताएका छन् ।
नेपाली कांग्रेस दाङले १५औँ महाधिवेशनका लागि विभिन्न जिल्लामा संयोजक तोकेर संगठनात्मक गतिविधि अघि बढाएको छ ।
सम्पर्क कार्यालयबाट अधिवेशनसम्बन्धी समन्वय, संगठन विस्तार तथा तयारीका गतिविधि सञ्चालन गरिने नेता बमबहादुर डिसीले बताएका छन् ।
कार्यक्रममा लुम्बिनी गेहेन्द्र गिरी, पूर्व जिल्ला सभापति बीरकेश्वरी गौतम, संयोजक गोपालराज शर्मा, नेताहरू बद्री खड्का, युवराज खड्का, खेमराज विश्वकर्मा, हेमन्तकुमार योगी, एकराज डिसी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया