कपिलवस्तु कांग्रेसका कुनै पनि नेता तथा कार्यकर्ताहरूलाई कारबाही भएको छैन : संयोजक चौधरी

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला तथाकथित विशेष महाधिवेशन पक्षधर समूहले शेरबहादुर देउवा पक्षका नेताहरूलाई कारबाही गरेको विषय बाहिर ल्याएपछि नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

शेरबहादुर देउवा पक्षीय केन्द्रीय अनुशासन समिति संयोजक पद्मनारायण चौधरीले सोमबार प्रेस विज्ञप्ति जारी गरेर कपिलवस्तुका कांग्रेस नेताहरूलाई कारबाही गरेको भन्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

चौधरीले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको ध्यान विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा सम्प्रेषित अनर्गल तथा भ्रामक समाचारप्रति गम्भीर रूपमा ध्यानाकषण भएको छ ।’

‘कपिलवस्तुका १ सय ७९ जना नेता तथा कायकताहरूमाथि पार्टी अनुशासन उल्लंघनको आरोपमा कारबाही गरिएको भनी सार्वजनिक भएका समाचारहरू पूर्णतः निराधार, असत्य र कपोलकल्पित हुन्,’ विज्ञप्तिमा भनिएको छ ।

‘यस विषयमा केन्द्रीय अनुशासन समितिमा कुनै पनि किसिमको छलफल वा निणय नभएको स्पष्ट पारिन्छ,’ संयोजक चौधरीले भने, ‘पार्टीका निष्ठावान् नेता तथा कायकताहरूको प्रतिष्ठामा आँच पुर्‍याउने र अन्यौल सिजना गन उद्देश्यले सम्प्रेषित यस्ता भ्रामक समाचारहरूको पछाडि नलाग्न सम्पूण पार्टी पंक्ति तथा आम नागरिकहरूमा हार्दिक अनुरोध गर्दछौं ।’

‘हाल नेपाली कांग्रेस आफ्नो १५औं महाधिवेशनको व्यापक तयारीमा जुटिरहेको छ । यस संवेदनशील समयमा पार्टीका सबै तहका नेता, कायकता तथा शुभेच्छुकहरूलाई सम्पूण विभेद र भ्रमहरूलाई पन्छाउँदे पूण एकजुट भई पार्टी संगठन निमाण र महाधिवेशनको तयारीमा केन्द्रित हुन हार्दिक आह्वान गदछौं,’ विज्ञप्तिमा संयोजक चौधरीले भने ।

नेपाली कांग्रेसका हाइज्याकर गगन थापाको अनुशासन समितिले राजनीतिक प्रतिशोध राखेर कपिलवस्तु कांग्रेसका करीव २ सय जना नेता तथा कार्यकर्ताहरूलाई कारबाही गरेको भन्ने विज्ञप्ति जारी गरेपछि शेरबहादुर देउवा पक्षले त्यसको घोरनिन्दा एवम् भर्त्सना गरेका छ ।

Published : Wednesday, 2026 September 23, 2:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया