गगन समूहको अधिवेशन निष्पक्ष नहुनेभन्दै डीएलएद्वारा चितवनमा सहयोग गर्न अस्वीकार
भरतपुर । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डीएलए) चितवनले नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशनवालाहरूको अधिवेशन निष्पक्ष हुन नसक्ने भन्दै सहयोग गर्न नसकिने जवाफ दिएको छ ।
डीएलए, चितवनका सचिव श्रीराम सापकोटाले सोमबार विशेषवालाहरूको नेपाली कांग्रेस १५औँ महाविधेशन जिल्ला निर्वाचन समिति चितवनका निर्वाचन अधिकृतलाई पत्र पठाएर अधिवेशन निष्पक्ष हुन नसक्ने भएको हुँदा सहभागी नहुने जनाएका हुन् ।
नेपाली कांग्रेसका हाइज्याक गगन थापा समूहले चितवनमा डीएलएका केही सीमित व्यक्तिहरूलाई अधिवेशनमा आवश्यक सहयोग र समन्वय गरिदिन भनेर असोज ४ गते राति करीव १० बजे मेलबाट पठाएको पत्र पाएको सचिव सापकोटाले बताएका छन् ।
‘नेपाली कांग्रेसको जिल्ला निर्वाचन समितिबाट मिति २०८३/०६/०३, ७ र १० गते सम्पन्न हुने १५औँ महाधिवेशन अन्तरगत हुने निर्वाचनमा आवश्यक सहयोग र समन्वय गरिदिन भनि मिति २०८३/०६/०१ गतेको मिति उल्लेख भएको पत्र मिति २०८३/०६/०४ गते राति २१ः५९ बजे विद्युतीय संचार माध्यमबाट प्राप्त हुन आयो,’ सचिव सापकोटाले दिएको जवाफमा उल्लेख छ ।
‘यस समयमा वडा तहको निर्वाचन कार्य सम्पन्न भैसकेको अबस्थाले यस अगाडि डीएलए चितवनलाई समावेश नगरी निर्वाचन प्रकृया अगाडि बढाइएको, निर्वाचन परिचालनमा जिल्ला निर्वाचन समितिको नाउँबाट सीमित व्यक्तिहरूबाट निर्वाचन प्रकृया अगाडि बढाईको र यस संस्थालाई औपचारिकताको निमित्त मात्र पत्र प्रेषित गर्ने कार्य भएकोले जिल्ला निर्वाचन समितिबाट गरिएको यस किसिमको गतिविधिले नेपाली कांग्रेसको निर्वाचन स्वतन्त्र, स्वच्छ, निस्पक्ष र लोकतान्त्रिक विधिमा निर्वाचन हुन सकने कुरामा नै प्रश्नचिन्ह खडा भएकोले डीएलए चितवनलाई रोहबर साक्षी बसी निर्वाचनमा सहभागी भै निर्वाचन समितिलाई सहयोग गर्न नसकिने भन्ने कुराको यस एशोसिएशनको निर्णय भएको हुँदा सो को जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।
शेरबहादुर देउवा पक्ष नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेको भन्दै लचक बनेको छ । तर, तथाकथित विशेष महाधिवेशनवालाहरूले अधिवेशन शु गरेको छ । चितवनमा डीएलएले गगन समूहको अधिवेशन निष्पक्ष हुन नसक्ने भन्दै निर्वाचन प्रक्रियामा सहयोग गर्न अस्वीकार गरिदिएको छ ।

बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया