रुपन्देहीमा रास्वपाको वडा कार्यसमितिका सदस्य गगन कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध
बुटवल । तथाकथित विशेष महाधिवेशनवालाहरूको वडा अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वडा कार्यसमितिका सदस्य नेपाली कांग्रेस रुपन्देहीबाट क्षेत्रीय प्रतिनिधि बनेका छन् ।
आइतबार रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ४ को वडा अधिवेशनमा रास्वपाका वडा कार्यसमिति सदस्य डुम्रे नेपाली कांग्रेस शुद्धोधन गाउँपालिका वडा नं. ४ को वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि निर्विरोध भएका हुन् । डुम्रे क्षेत्रीय प्रतिनिधिमा युवातर्फ खुलामा निर्विरोध भएका हुन् ।
डुम्रेको नाम क्षेत्रीय प्रतिनिधिको सूचीमा १६ नम्बरमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वडा कार्यसमितिका सदस्य डुम्रेलाई क्षेत्रीय प्रतिनिधि बनाएपछि रुपन्देही कांग्रेसमा खैलाबैला भएको छ । कांग्रेस हाइज्याक गरेपछि गगन थापाले रास्वपाका नेता तथा कार्यकर्ताहरूलाई देशभरि नै यसैगरी क्षेत्रीय प्रतिनिधि र कार्यसमितिमा ल्याएको हुन सक्ने गम्भीर आशंका उब्जिएको छ ।
डुम्रेले आफूले रास्वपा छाडेको दाबी गरेका छन् । रास्वपाको वडा कार्यसमितिमा तपाईको नाम त छ नि ? भन्ने जिज्ञासामा डुम्रेले नाम नरहेको र आफूले राजीनामा दिएको दाबी गरे । राजीनमा पत्र छभने देखाउनुस् भन्ने प्रश्नको जवाफमा डुम्रेले आफूसँग राजीनामा पत्र नरहेको स्वीकार गरेका छन् ।
तथाकथित विशेष महाधिवेशन गरेर गगन थापाले नेपाली कांग्रेस हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका छन् । कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला अधिवेशनको कार्यक्रम एकलौटी रुपमा अगाडि बढाएका गगनको अधिवेशनमा संख्या नपुगेपछि रास्वपाका कार्यसमितिका सदस्य र नेता तथा कार्यकर्ताहरूलाई पनि क्षेत्रीय प्रतिनिधि बनाएर ल्याएको रुपन्देहीको घटनाले प्रष्ट बनाएको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया