चार पूर्व जिल्ला सभापति, सांसदसहित दुई सय जिल्ला नेताहरूद्वारा दाङमा गगन समूहको अधिवेश बहिस्कार
घोराही । नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापतिहरूसहित राष्ट्रिय सभाका सांसदले तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको वडा अधिवेशनलाई बहिस्कार गरेका छन् ।
बहिस्कार गर्नेहरूमा पूर्व सभापतिहरू कृतिबहादुर खड्का, घनश्याम रेग्मी, वीरकेशरी गौतम र गेहेन्द्र गिरी रहेका छन् । उनीहरूले पार्टीभित्र बृहत एकताका लागि दबाब सिर्जना गर्न तथाकथित वडा अधिवेशनलाई बहिस्कार गरेका हुन् ।
दाङमा गगन समूहको वडा अधिवेशन बहिस्कार गर्नेहरूमा राष्ट्रियसभा सदस्य (सांसद) वासुदेव जंगली, राप्ती बबई क्याम्पसका अध्यक्ष श्याम रेग्मी, पूर्वसचिवहरू कुमुदराज शर्मा, गोपालराज शर्मा, बद्री खड्का, पूर्ण मल्ल र श्याम बि.क.लगायतका जिल्लास्तरका दुई सयभन्दा धेरै नेतहरू छन् ।
तथाकथित बिशेष महाधिवेशनबाट गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका छन् । नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ ।
शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अबैधानिक रुपमा गगन थापाले हाइज्याक गरेको भन्दै न्यायका लागि सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् । देउवाको मागअनुसार सर्वोच्च अदालतले निस्सा दिएको छ ।
सर्वोच्च अदालतमा नेपाली कांग्रेसको मुद्दा बिचाराधीन रहेका बेला गगन थापाले कांग्रेसलाई वडादेखि नै बिभाजन गर्ने उद्देश्यले एकलौटी रुपमा अधिवेशन गरेपछि नेपाली कांग्रेसप्रति माया भएका र स्वार्थ बिहीन दाङका नेताहरूले तथाकथित अधिवेशनलाई बहिस्कार गरिदिएका हुन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया