जब सरकार स्वेच्छ्याचारी हुन थाल्दछ, तब भरत दाहालहरू पक्राउ पर्छन् : कांग्रेस नेता डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वाम राजनीतिक विश्लेषक भरत दाहालको पक्राउको बिरोध गरेका छन् ।
सोमबार नेता डा.कोइरालाले सामाजिक सञ्जालमार्फत् दाहालको पक्राउको बिरोध गर्दै बिनासर्त तत्काल रिहाइको माग गरेका हुन् । उनले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्राको सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् ।
‘जब सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थाल्छ, तब त्यो स्वेच्छ्याचारी हुन थाल्दछ,’ डा.कोइरालाले भने, ‘भरत दाहालको पक्राउ त्यसको पछिल्लो उदाहरण हो । हामी कस्तो समाज निर्माण गर्दैछौं ।’
नेता डा.कोइरालाले भने, ‘भरत दाहालको तुरुन्त रिहाई गर्न र यस्ता लोकतन्त्र विरोधी कृयाकलाप फेरि नदोहोरिने प्रतिवद्धताको लागि सरकारसँग आग्रह गर्दछु ।’
राजनीतिक विश्लेषक दाहालले अमेरिकाको अनलाइनले सार्वजनिक गरेको ‘ग्रे जोन’ रिपोर्टका बिषयमा प्रश्न उठाएका थिए । त्यसपछि झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले दाहाललाई मोरङबाट पक्राउ गरेर हिरासतमा राखेको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया