पूर्णबहादुरको गृहजिल्लाको वडा अधिवेशनमा गगनबिरुद्ध नाराबाजी, देउवा पक्षद्वारा काउन्टर अट्याक
वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा गगन थापा समूहलाई शेरबहादुर देउवा पक्षले काउन्टर दिएको छ ।
आइतबार वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ३ मा गगन समूहले वडा अधिवेशन गरेको थियो । गगन समूहको वडा अधिवेशनलाई शेरबहादुर देउवा पक्षले बहिरका गरेर आफ्नै वडा कार्यसमिति गठन गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ मा कांग्रेसका झण्डै साढे १४ सय क्रियाशील सदस्य छन् । देउवा पक्षमा करीव ८ सय क्रियाशील सदस्य लागेका छन् भने गगन समूहतिर करीव ६ सय क्रियाशील सदस्यहरू देखिएको दुबै पक्षका स्थानीय नेताहरूको भनाइ छ ।
गगन समूहले सरस्वती थापालाई वडा सभापति बनाएर कार्यसमिति गठन गरेपछि देउवा पक्षले बालकृष्ण हामल चालिसेलाई वडा सभापति बनाएर समानान्तर कार्यसमिति बनाएको छ ।
नेपाली कांग्रेसको आधिकारिताको विवाद सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला पार्टीमा बिभाजन हुने गरेर गगन थापाले अधिवेशन शुरु गरेको बिरोधमा वीरेन्द्रनगर नगरपालिका ३ मा क्रियाशील सदस्य र स्थानीय नेताहरूले गगन थापाविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले गगन थापालाई अहँकार, घमण्ड र दम्भ परित्याग गर्न सुझाव दिएका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया