सिन्धुपाल्चोकमा गगनका नक्कली कांग्रेसीहरूलाई स्थानीय नेता तथा कार्यकर्ताले कुटपिट गरेर लखेटे
काठमाडौं । सिन्धुपाल्चोकमा गगन थापाको नाम लिएर नेपाली कांग्रेसका नक्कली व्यक्तिहरू तथाकथित वडा अधिवेशन गर्न आएपछि स्थानीय नेता तथा कार्यकर्ताहरूले लखेटेका छन् ।
शनिबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा तथाकथित वडा अधिवेशन गराउन भनेर आएका नक्कली कार्यकर्ताहरूलाई कांग्रेसका स्थानीय नेता, क्रियाशील सदस्य तथा कार्यकर्ताहरूले लखेटेका हुन् ।
कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गत निर्वाचनमा सहयोग गरेका दिनेश श्रेष्ठलाई कांग्रेसका नेता तथा कार्यकर्ताहरूले लखेटेका हुन् । लखेट्ने क्रममा श्रेष्ठलाई काभ्रेको केराबारीमा भेटार कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
केही स्थानमा नक्कली र कीर्ते हर्कत गरेपछि शेरबहादुर देउवा पक्षीय स्थानीय नेता तथा कार्यकर्ताहरूले केही नक्कली कांग्रेसका भिजिलान्तेहरूलाई पनि कुटपिट र धक्कामुक्का भएको स्थानीयले बताएका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया