देउवा पक्षले काठमाडौंका दश क्षेत्रमा तोक्यो जिल्ला र क्षेत्रीय संयोजकहरू

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन आयोजक समितिले १५ औं महाधिवेशन गर्नका लागि काठमाडौंमा जिल्ला र क्षेत्रीय संयोजकहरू तोकेको छ ।

शुक्रबार क्षेत्रपार्टी पार्टी प्यालेसमा बसेको बैठकले नेता जयकृष्ण महर्जनलाई काठमाडौं जिल्ला संयोजक तोकेको छ । महाधिवेशनका लागि खटाएका केन्द्रीय प्रतिनिधि कल्याणी रिजालसहित बसेको बैठकले काठमाडौं–१ मा कुश ढकाललाई संयोजक बनाएको छ ।

क्षेत्र नम्बर २ मा अर्जुन पराजुली, क्षेत्र नम्बर ३ मा लालु लामा, क्षेत्र नम्बर ४ मा सन्तोष भण्डारीलाई संयोजक तोकिएको छ । क्षेत्र नम्बर ५ का सभापति श्यामकृष्ण खडका र ६ का सभापति श्याम खड्गीले महाधिवेशन प्रक्रिया अघि बढाउन क्षेत्रिय संयोजक तोकेको छ ।

सो बैठकले क्षेत्र नम्बर ७ का लागि मनहरि तिवारी, ८ का लागि टेवेन्द्ररत्न शाक्य र १० का लागि शैलेश मानन्धरलाई संयोजक तोकेको छ ।

क्षेत्र नम्बर ९ का क्षेत्रीय सभापति जयकृष्ण महर्जन जिल्ला संयोजक बनेका कारण क्षेत्रीय संयोजक तोक्न बाँकी रहेको बताइएको छ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत १५ असोजमा वडा अधिवेशन तय गरेको छ ।

Published : Friday, 2026 September 18, 4:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया