भीओआईपीका सामग्रीसहित भारतीय नागरिकलाई सीआईबीद्वारा आँपटारीबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) प्रकरणमा भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सीआईबीले चितवनको भरतपुर महानगरपालिका वडा नं. २ आँपटारीबाट भारतीय नागरिक २५ वर्षीय कथम नितिनलाई पक्राउ गरिएको बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
भीओआईपीको प्रयोग गरी दुरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ बमोजिमको कसूरमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सीआईबी र जिल्ला प्रहरी कार्यालय, चितवनको संयुक्त प्रहरी टोलीले नेपाल टेलिकम र एनसेल आजियाटा लि.को प्राविधिक समन्वयमा सम्बन्धित सामाग्रीहरूसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो ।
प्रारम्भीक अनुसन्धान गर्दा उपकरण तथा सामाग्रीहरू अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग भइरहेको भन्ने खुल्न आएको छ ।
भारतीय नागरिक काथराम नितिनलाई भरतपुर महानगरपालिका वडा नं. २ आँपटारीस्थित निर्मला विष्टको घरमा मोबाईल सेट थान–२६, ल्यापटप थान–२, एनसेल सिमकार्ड थान–७७, एनटीसी सिमकार्ड थान–१८, सीपीयु थान–४, इन्भर्टर थान–१, ब्याट्री थान–२ सहितका विभिन्न सामग्रीहरू बरामद भएका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया