देउवा पक्षद्वारा कांग्रेसको अधिवेशनका लागि दोलखामा सम्पर्क कार्यालय स्थापना
चरीकोट । शेरबहादुर देउवा पक्षीय नेताहरूले दोलखा जिल्लामा नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
बिहीबार दोलखामा देउवा पक्षीय नेताहरूले असोज १५ गतेदेखि हुन लागेको वडा अधिवेशनको तयारीका लागि कार्यालय खोलेका हुन् ।
कांग्रेस नेता कुन्दनराज काफ्लेको अगुवाइमा दोलखा सदरमुकाम चरीकोटमा कार्यालय स्थापना गरिएको छ ।
नेता काफ्लेलाई देउवा पक्षले दोलखाका लागि महाधिवेशन तयारीसम्बन्धी केन्द्रीय प्रतिनिधिको जिम्मेवारीसमेत दिएको छ ।
दोलखामा कार्यालय स्थापनासँगै महाधिवेशन तयारी, जिल्लाका नेता–कार्यकर्तासँग समन्वय तथा संगठनात्मक गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्य रहेको नेता काफ्लेले जानकारी दिएका छन् ।
Published : Thursday, 2026 September 17, 10:44 pm
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया