पाँच करोड ठगी प्रकरणमा नक्सालबाट किरण बैद्य पक्राउ
काठमाडौं । जिल्ला प्रहरी पेरिसर काठमाडौंले ठगी मुद्दाका फरार प्रतिवादी ७० वर्षीय किरण बैद्यलाई पक्राउ गरेको छ ।
बिहीबार एसपी दानबहादुर थापाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार काठमाडौं महानगरपालिका–३ घर भइ बस्ने बैद्यलाई प्रहरी टोलीले नक्सालबाट नियन्त्रणमा लिएको हो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित कि.नं. २७ लगायतका ४८ कित्ता जग्गा हकबन्दी कायम भइ बिक्री–वितरण गर्न नमिल्ने अवस्थाको जानकारी हुँदाहुँदै बिक्री गर्ने भनी बैना कागज गरि बैद्यले बैना बापत पाँच करोड चालीस लाख छयानब्बे हजार नौ सय चालीस रुपियाँ लिएर ठगी गरेको एसपी थापाले बताए ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति भई फरार रहेका प्रतिवादी बैद्यलाई नक्सालबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।
ठगी प्रकरणमा पक्राउ परेका बैद्य युक्रेनका लागि पूर्वअवैतनिक वाणिज्यदूत हुन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया