म कांग्रेस बिभाजनबाट रोमाञ्चित हुनै सक्दिन : डा.शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसको बिभाजनबाट आफू खुसी र रोमाञ्चित हुन नसक्ने बताएका छन् ।
बिहीबार नेता डा.कोइालाले अपील जारी गरेर भने, ‘म कांग्रेस बिभाजनबाट रोमाञ्चित हुनै सक्दिन । म को ठीक, को बेठीक, भनेर वकालत कसरी गर्न सक्छुु ?’
‘कांग्रेस हुुँ भन्ने तर, आफ्नै साथीभाई माथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महल माथि म बस्न सक्दिन,’ डा.कोइरालाले भने ।
‘कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनी विजयी कांग्रेस हुँ भनेर कसरी उत्सव मनाउन सकिन्छ होला ? यो कांग्रेसको संस्कार र संस्कृति भन्दा भिन्न कुरा हो, मेरो चेतनाको कांग्रेस पाठशाला पृथक छ,’ नेता डा.कोइरालाले भने ।
‘हामी जो आफूलाई कांग्रेस भन्छौं र कांग्रेस हुनुमा गौरव पनि अनुुभव गर्छौं, किमार्थ पनि मानसिक रुपमा यति कमजोर र निरीह नहुुनुपर्ने हो, जति आज छौं,’ उनले भने ।
‘हामीले बिरासतमा पाएको कांग्रेस क्यानभास चमकदार मात्र थिएन अजेय पनि थियो,’ डा.कोरालाले भने, ‘दुःखका साथ भन्नुुपर्छ आज हामी न अजेय छौं, न विजय नै छौं । हामी बिभाजित, बिघटनकारी र समुद्रमा गन्तब्य हराएको माझी झंै भएका छौं ।’
नेता डा.कोइरालाले भने, ‘किन सहमति, सहकार्य र एकताबद्ध भएर चहराइरहेको घाउको मल्हम बन्न हामी सकिरहेका छैनौं र कांग्रेस यसरी आफ्नो राष्ट्रिय दायित्वबाट बिमुख भैरहँदा भावी पुस्तालाई कसरी आफूसँग जोड्न सक्छौं?’
उनले भने, ‘मैले मेरा परिवेश, पृष्ठभूमि र प्रशिक्षणबाट सिकेका न्यूनतम मान्यताहरूबाट कांग्रेस बिचलित हुँदा स्वभाविक छ मेरो मन पनि उद्धेलित हुुन जान्छ ।’
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया