‘ग्रे जोन’को रिपोर्टले गगन-विश्वमाथि प्रश्न उठायो, देउवालाई हराउन सागरलाई परिचालन

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको भूमिकालाई ‘ग्रे जोन’को रिपोर्टले गम्भीर प्रश्न उठाएको छ ।

अमेरिकाबाट प्रकाशित हुने अनलाइन सञ्चारमाध्यमले नेपालका विषयमा ‘ग्रे जोन’ रिपोर्ट भन्दै प्रकाशित गरेको छ । यो रिपोर्टका विषयमा नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छ्यापछ्याप बनाइएका छन् । समाचारले गगन थापा र विश्वप्रकाश शर्मालाई अमेरिकाबाट फण्डिङ गरेको आरोप लगाइएको छ । ग्रे जोनका रिपोर्ट सत्य हो भने गगन थापा र विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई तहस नहस बनाउन भूमिका खेलेका छन् । कांग्रेसलाई सिध्याउन विशेष महाधिवेशनको नाममा पार्टी कब्जासहितका गतिविधि अक्षम्य छन् ।

गगन थापा र विश्वप्रकाश शर्मा कै योजनामा डडेल्धुरामा शेरबहादुर देउवालाई हराउन सागर ढकाललाई पठाएको ‘ग्रे जोन’को प्रतिवेदनले प्रश्न उठाएको छ । देउवा पराजित भएनन् । त्यसपछि गगन थापा र विश्वप्रकाश शर्माका गतिविधिहरू उचित देखिएका थिएनन् ।

निर्वाचन र राजनीतिक प्रक्रियाको सुदृढीकरणका लागि कन्सोर्टियम (सीईपीपीएस)मार्फत् गगन थापा, विश्वप्रकाश शर्माले सागर ढकाललाई परिचालन गरेको आरोप छ ।

‘ग्रे जोन’को रिपोर्टमा गगन थापा, विश्वप्रकाश शर्मासहित सागर ढकाल, सुधन गुरुङ, रवि लामिछाने, बालेन्द्र शाह, उज्वल थापाको नाम उल्लेख छ ।

ग्रे जोनको रिपोर्टका विषयमा गगन थापा, विश्वप्रकाश शर्मा, सागर ढकाललगायतले कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘ग्रेजोन’मा आएको रिपोर्टका सम्बन्धमा अनभिज्ञता प्रकट गरेका छन् । उनले बुधबार सर्वदलीय बैठकपछि पत्रकारहरूसँग बोल्दै यो रिपोर्ट आफूले नपढेको दावी गरेका छन् ।

पत्रकारले उनलाई ‘ग्रे जोन’को रिपोर्टलाई कसरी हेर्नुभएको छ भनेर सोधेका थिए । सभापति लामिछानेले जवाफ दिए, ‘तपाईले कसरी हेर्नुभयो ? ल यो सोध्नु… के रहेछ ग्रे जोन, मलाई सुनाइदिनुपर्‍यो, के रहेछ भन्नु त मलाई ? कुन पत्रिका रहेछ यो, कहाँ निस्किँदो रहेछ ?’

पत्रकारहरूले आएको छ त रिपोर्ट…भनेर प्रश्न गरेका छन् । जवाफमा लामिछानेले भने, ‘कुन पत्रिका रहेछ, कहाँबाट, अमरिकाको कुन ठाउँबाट निस्किन्छ ?’

पत्रकारहरूले छताछुल्ल छ त सामाजिक सञ्जालभरि भनेर प्रश्न राखेका छन् । जवाफमा लामिछानेले भने, ‘हो र ? मैले त पढ्या छैन । जुन चिजको क्रेडिबिलिटी छैन, त्यो त म पढ्दिनँ । अब अण्टसण्ट लेख्नुभएन भने त पढ्छु । अण्टसण्ट भन्ने कुनै चिज आयो भने त्यसलाई पढेर त्यसमा समय… यत्रो देशको यत्रो क्यामेरा, यत्रो माइक, यत्रो पत्रकारको समय पनि त्यस्तो केही न केहीको समाचारमा खेर फाल्ने ?’

Published : Thursday, 2026 September 17, 10:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया