तथाकथित विशेष महाधिवेशनका टीके महामन्त्रीलाई मुगु प्रवेशमा निषेध, गगन समूहलाई झट्का
काठमाडौं । नेपाली कांग्रेस मुगु जिल्ला कार्यसमितिले तथाकथित विशेष महाधिवेशनका महामन्त्री गुरुराज घिमिरेलाई जिल्ला प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ ।
बुधबार नेपाली कांग्रेस मुगुका कार्यबाहक सभापति कर्ण रावलको सभापतित्वमा बसेको बैठकले घिमिरेलाई टीके महामन्त्री भन्दै जिल्ला प्रवेशमा निषेध गर्ने निर्णय गरेको हो । मुगु कांग्रेसका कार्यबाहक सभापति रावलद्वारा दिइएको जानकारी अनुसार तथाकथित विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई सर्वोच्च अदालतमा बिचाराधीन मुद्दाको टुंगो नलाग्दासम्म मान्न नसकिने बताए ।
‘नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था बमोजिम १४औँ जिल्ला अधिवेशनमा निर्वाचित सभापति ऐनबहादुर शाहीज्यू पार्टीका क्रियाकलापमा सक्रिय सहभागी भइरहेको अवस्थामा बिना जानकारी, विधान विपरीत कथित केन्द्रीय विशेष महाधिवेशन टीके महामन्त्री गुरुराज घिमिरेले कार्यवाहक सभापति तोकेको निर्णयप्रति खेद प्रकट गर्दै निज महामन्त्रीलाई मुगु जिल्लामा प्रवेश निषेध गर्ने निर्णय पारित गरियो,’ निर्णय माइन्युटमा उल्लेख छ ।
शेरबहादुर देउवा पक्षीय मुगु कांग्रेसका सभापति शाहीले वडा अधिवेशन असोज १५ गतेदेखि गर्ने निर्णय भएको जनाएका छन् ।
तथाकथित विशेष महाधिवेशनबाट आएको कांग्रेसको नेतृत्वले पार्टी सभापति ऐनबहादुर शाहीलाई हटाएर हरिजंग शाहीलाई कार्यवाहक सभापति तोकेको छ ।
शेरबहादुर देउवा पक्षले कर्ण रावललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर कामकारबाही अघि बढाएको छ । सभापति शाहीले रावललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर कामकारबाही अगाडि बढाएका छन् ।
नेपाली कांग्रेस मुगुको निर्णयले तथाकथित विशेष महाधिवेशनबाट आएको गगन थापाको कार्यसमितिलाई झट्का लागेको छ ।


बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया