सीआईबीद्वारा रेग्मीलाई पक्राउ, २३ करोडभन्दा धेरै रकम हिनामानी
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मेगा ड्रिम बहुउद्देश्यीय सहकारी र केही व्यक्तिको २३ करोडभन्दा धेरै रकम हिनामिनाको आरोपमा ३६ वर्षीय महाशंकर रेग्मीलाई पक्राउ गरेको छ ।
रेग्मीलाई सहकारीको २१ करोड ५६ लाख ९३ हजार ६६९ र अन्य ५९ जनाको २ करोड ६२ लाख ३६ हजार १७१ रुपियाँ हिनामिना गरेको आरोप छ । बझाङ घर भई काठमाडौंको तार्केश्वर नगरपालिका– ८ शान्तिटोल बस्ने रेग्मीलाई सीआईबीले पक्राउ गरेको एसएसपी अनुपमशम्शेर जबराद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै थप १५६ जनाले १५ करोड ४ लाख ८६ हजार रुपियाँ हिनामिना गरेको आरोपमा रेग्मीविरुद्ध ठगी सम्बन्धी मुद्दा दायर गरेका थिए । उनी प्रहरीको फरार सूचीमा थिए ।
Published : Wednesday, 2026 September 16, 9:24 pm
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया