नेपालले सामना गरिरहेको महाविपत्तिमा मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय निकायहरूसँग सहयोगका लागि अपील
काठमाडौं । नेपाली कांग्रेसका राजनेता शेरबहादुर देउवाले हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
मंगलबार अपील जारी गरेर देउवाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले भने, ‘बाढीमा परी घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । वेपत्ता भएका व्यक्तिको खोजी र उद्दार कार्यमा निरन्तरता दिन सरोकारवाला सबैमा आग्रह गर्दछु ।’
देउवाले भने, ‘प्राकृतिक विपत्तिको यस कठिन घडीमा कुनै राजनीतिक विचार, धार्मिक आस्था वा भौगोलिक सीमाको भेदभाव नगरी खोज, उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माणका कार्यमा एकजुट भएर जुट्न म सम्पूर्ण नेपालीमा हार्दिक अनुरोध गर्दछु ।’
‘पार्टीका सबै तहका नेता कार्यकर्तालाई विपतको यस असहज घडीमा आ–आफ्नो ठाउँबाट साथ र सहयोगका लागि निर्देश पनि गर्दछु,’ देउवाले भने ।
‘नेपालले सामना गरिरहेको यस महाविपत्तिमा मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय सहयोगी निकायहरू तथा विभिन्न संघ–संस्थाबाट प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यका लागि अपील गर्दछु,’ उनले भने ।
‘विगतको दशकमा हामीले २०७२ सालको महाभूकम्प र त्यसपछि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ महामारीको समेत समाना गर्नु पर्यो,’ देउवाले भने, ‘ती दुवै विपत्तिमा राजनीतिक दल, नागरिक समाज, संचार माध्यम लगायत सबै एक भएर सामाना ग¥यौं र विपत्तिबाट बाहिर निस्कन सफल पनि भयौँ ।’
‘म सरकारलाई भोटेकोशी बाढीको महाविपत्ति पछिको पुनःस्थापना र पुनःनिर्माणमा पनि सारा नेपाली एक हुने वातावरण बनाएर अघि बढ्न अनुरोध गर्न चाहन्छु,’ देउवाले भने ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया