वार्ता बाहेक अर्को कुनै समाधान छैन, मूल बाटोमा हामी स्वागत गर्न चाहन्छौँ : संयोजक प्रा.डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले पार्टीको बृहत एकताका लागि वार्ताभन्दा अर्को कुनै समाधन नरहेको बताएका छन् ।
सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै प्रा.डा.कोइरालाले भने, ‘वार्ता बाहेक अर्को कुनै समाधान छैन । उनीसँग वार्ता गरेर मूल बाटोमा हामी स्वागत गर्न चाहन्छौँ ।’
‘एकताबद्ध भएर हामी अगाडि बढ्न चाहन्छौँ । १५औँ महाधिवेशन अत्यन्तै महत्वपूर्ण हो,’ प्रा.डा.कोइरालाले भने, ‘यसले भविष्यको दिशा दिन्छ । नेपालको राजनीतिको दिशा दिन्छ । हामी गम्भीर छौँ ।’
‘उहाँको तर्क मात्रले कहाँ पुग्छ ? हाम्रो तर्क पनि सुन्न प¥यो नि । हामीले त कतिचोटी भन्यौँ,’ प्रा.डा.कोइरालाले भने, ‘हामी एकताबद्ध जाऔँ भनेर । वार्ता गर्न आउनुस् भनेर । उहाँसँग मात्रै होइन, गगनजीसँग पनि भन्यौँ । विश्वप्रकाशसँग पनि भन्यौँ । उनीहरू सुन्दैन भने हामीले के गर्ने ? हामी त आफ्नो लाइनमा उभिनु पर्यो । भविष्य हेर्नु पर्यो कि परेन ?’
उनले भने, ‘नेपाली कांग्रेसको भविष्यलाई सुरक्षित पार्नु प¥यो कि परेन ? यो हाम्रो काँधमा ठूलो जिम्मेवारी छ । एकताका लागि वार्ता गर्नुप¥यो नि । वार्तै नगर्ने ? वार्ता गरेर कुन बिन्दुमा हामी एकताबद्ध हुन सक्छौँ त्यो वार्ता त शुरु गर्नुप¥यो नि ।’
शेरबहादुर देउवाले गगन थापासँग भेट्न नमानेको विषयमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै प्रा.डा.कोइरालाले भने, ‘शेरबहादुरजीलाई ? सायद उहाँ व्यस्त हुनुहुन्थ्यो होला त्यो चाहिँ म भन्न सक्दिन । सायद व्यस्तताका कारणले भन्नुभयो होला । नभेट्न त कुरै हुँदैन ।’
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया