देउवा पक्षीय नेताहरूद्वारा तीन समिति गठन, संयोजकहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय १५ औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले तीन वटा समितिको संयोजकहरु मनोनयन गरेका छन् ।
सोमबार प्रेस विज्ञप्ति जारी गरेर प्रा डा कोइरालाले केन्द्रीय अनुशासन समिति, विधान मस्यौदा समिति र सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजकहरू मनोनयन गरेका हुन् ।
विज्ञप्ति अनुसार केन्द्रीय अनुशासन समितिको संयोजकमा पद्मनारायण चौधरी, विधान मस्यौदा समितिको संयोजक शिवप्रसाद हुमागाई र सदस्यता व्यवस्थापन केन्द्रीय समितिको संयोजकमा किरणराज शर्मा पौडेललाई मनोनयन गरिएको छ ।
शेरबहादुर देउवा पक्षीय नेताहरूले वडा अधिवेशन असोज १५ गतेदेखि गर्न लागेका छन् । उनीहरूले १५अौ महाधिवेशनको तयारी गरेका छन् ।
Published : Monday, 2026 September 14, 6:59 pm
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया