गगनको बदलिएको २.० कांग्रेसको एक बिकेट गयो, ठगेर हिरासत बसेका संयोजकले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशनले गठन गरेको अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन् ।
तथाकथित विशेष महाधिवेशनबाट आएको नेतृत्वका स्वघोषित सभापति गगन थापाले गुरुङलाई अनुशासन समितिको संयोजक बनाएका थिए । काठमाडौंमा बस्दै आएका ३ जनाको लाखौँ रुपियाँ ठगी गरेको जाहेरी परेपछि प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो ।
भदौ १८ गते पक्राउ परेका गुरुङ प्रहरी हिरासतमा ९ दिन बसेर शुक्रबार मुक्त भएका थिए । गुरुङले पीडितको रकम बुझाएपछि रिहा भएका हुन् । स्रोतका अनुसार पीडितलाई आधा रकम बुझाएर आधा रकम पछि फिर्ता गर्ने सहमतिमा रिहा भएका छन् । सोमबारसम्म गुरुङले पीडितहरूलाई बाँकी रकम बुझाउने सर्त रहेको छ ।
बदलिएको २.० कांग्रेसको अनुशासन समितिका संयोजक नै ठगी गरेर प्रहरी हिरासतमा पुगेपछि आलोचना भएको थियो । आलोचनापछि गुरुङले पदबाट राजीनामा दिएका हुन् ।
तथाकथित विशेष महाधिवेशनबाट आएको कार्यसमितिको सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासन समितिका संयोजक गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत गरिएको प्रवक्ता देवराज चालिसेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
गगन थापाले तथाकथित विशेष महाधिवेशनको नाममा नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका छन् । त्यसपछि गगनले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर सर्लाही ४ बाट उम्मेदवार बनेका थिए । सर्लाही ४ का जनताले गगनलाई १२ हजारभन्दा धेरै मतले हराइदिएर ठूलो दण्ड सजाय दिएका छन् ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया