कांग्रेस संसदीय दलका उपनेता शाह र रास्वपाका सांसद सिंहबीच भेट
कृष्णनगर । नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् सांसद अभिषेकप्रताप शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहबीच भेटवार्ता भएको छ ।
शनिबार कपिलवस्तुको कृष्णनगरस्थित नेता शाहको निवासमा शाह र सिंहबीच भेटवार्ता भएको हो । उनीहरूका बीच मुलुकको समग्र राजनीतिक विषयमा कुराकानी भएको कांग्रेस नेता शाहले बताएका छन् ।
रास्वपाका नेता एवम् सांसद सिंह लुम्बिनी प्रदेशका जिल्लाहरूको भ्रमणमा छन् । उनले सोही क्रममा कांग्रेस नेता शाहलाई निवासमै पुगेर भेट गरेका छन् ।
रास्वपा नेता सर्लाही ४ बाट निर्वाचन सांसद हुन् । सिंहले गगन थापालाई पराजित गरेका थिए । कांग्रेस नेता शाह कपिलवस्तुका लोकप्रिय मानिन्छन् । देशभरि रास्वपाको लहर चलेका बेला शाहले कपिलवस्तु ३ बाट प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका हुन् । कांग्रेसबाट निर्वाचित हुने थोरै सांसदहरूको सूचीमा नेता शाह पनि पर्छन् ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया