महाधिवेशनको तयारीका लागि देउवा पक्षीय नेताहरूले खटाए जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले ७७ वटा जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

शनिबार प्रेस विज्ञप्ति जारी गरेर सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले असोज ३ गतेभित्र जिम्मेवारी पूरा गर्ने गरि प्रतिनिधिहरू खटाएको जनाएका छन् । शेरबहादुर देउवा पक्षीय नेताहरूले बाध्य भएर महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर अधिवेशनको तयारीमा जुटेका छन् । कांग्रेसका हाइज्याकरहरूले सहमतिबिनै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्षीय नेताहरू पनि अधिवेशनमा जुटेका छन् ।

जिल्ला अधिवेशन तयारी समिति, संघीय निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति, प्रदेशसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति, पालिका अधिवेशन तयारी समिति र वडा अधिवेशन तयारी समितिहरू असोज ३ गतेभित्र गठन गरि सक्नेगरी जिल्लाहरूमा केन्द्रीय प्रतिनिधिहरू पठाउने निर्णय भएको संयोजक कुइँकेलले बताएका छन् ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिता सम्बन्धी विवाद सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरि अधिवेशनको गतिविधि गर्न लागेकोले, चौधौँ महाधिबेशनवाट निर्वाचित केन्द्रीय कार्यसमितिले नेपाली कांग्रेसको १५औँ महाधिबेशन गर्नुपर्ने बैधानिक दायित्व भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘२०८३ श्रावण २९, ३० र ३१ गते भएको नेपाली कांग्रेसको राष्ट्रिय भेला÷सम्मेलनको निर्देशन बमोजिम, नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको २०८३ भाद्र १७ र १८ गते वसेको बैठकले नेपाली कांग्रेस १५ औं केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने गरि, असोज १५ गते वडा अधिवेशन गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘अधिवेशनहरू सम्पन्न गर्नका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू पठाउने निर्णय भए अनुसार जिल्ला अधिवेशन तयारी समिति, संघीय निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति, प्रदेशसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति, पालिका अधिवेशन तयारी समिति र वडा अधिवेशन तयारी समितिहरू आश्विन ३ गतेभित्र गठन गरि सक्नेगरी निम्न जिल्लाहरूमा निम्नानुसार केन्द्रीय प्रतिनिधिहरू पठाउने निर्णय भएको जानकारी गराउँदै सबै तहका जिम्मेवार साथीहरू, क्रियाशील सदस्यहरू शुभेच्छुकहरूमा आवश्यक सहयोग, समर्थन र सहभागिताका लागि निर्देशानुसार हार्दिक अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

पाँचथरमा सूर्यकुमार दाहाल, झापामा महिन्द्राकुमारी लिम्बु, संखुवासभामा दीपक खड्का, तेह्रथुममा सीता गुरुङ, भोजपुरमा उत्तम चापागाईं, धनकुटामा कमोट फागु, मोरङ्गमा भीम पराजुली, सुनसरीमा लक्ष्मी खतिवडा, सोलुखुम्बुमा शुभराम बस्नेत, खोटाङ्गमा सरस्वती बजिमय, ओखलढुङ्गामा गोमा के.सी., उदयपुरमा नारायणबहादुर कार्कीलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको छ ।

सप्तरीमा मञ्जु यादव, सिरहामा सन्तोष चौधरी, धनुषामा हरेशप्रसाद महतो, महोत्तरीमा उषा राउत, सर्लाहीमा सपुत कार्की, रौतहटमा मो.मोख्तार अहमद, बारामा रमेशकुमार निरौला, पर्सामा सुरेन्द्र न्यौपाने, दोलखामा कुन्दनराज काफ्ले, रामेछापमा पूर्णमान तामाङ (कान्छाराम)लाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको विज्ञप्तिमा उल्लेख छ ।

सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत, काभ्रेमा गणेश लामा, चितवनमा कञ्चनचन्द्र वादे, ललितपुरमा मदनबहादुर अमात्य, काठमाडौंमा कल्याणी रिजाल, गोरखामा नवराज गुरुङ, लम्जुङमा पुष्प पराजुली, तनहुँमा मणिभद्र शर्मा, कास्कीमा शंकर भण्डारी, कास्कीमा प्रा.डा.कृष्ण गौतम, मनाङमा सीता देवकोटा, मुस्ताङमा किरण पौडेल, पर्वतमा पोषनाथ शर्मालाई खटाइएको छ ।

स्याङजामा गोबिन्द भट्टराई, म्याग्दीमा ऋषि काफ्ले, बाग्लुङमा सरस्वती अर्याल तिवारी, नवलपुरमा गुरु बराल, नवलपरासीमा विकास घिमिरे, पाल्पामा कृष्ण बस्याल, अर्घाखाँचीमा बावुराम पौडेल, गुल्मीमा देउवबहादुर थापा, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वरसिंह विष्ट, बर्दियामा जग्गा पाण्डे, डोल्पामा भैरवबहादुर शाही, जुम्लामा भीमनिधि हमाल, मुगुमा तिलकबहादुर मल्ल, हुम्लामा बखतबहादुर शाही, कालीकोटमा दमनबहादुर शाहीलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको छ ।

बाजुरामा हर्कजंगबहादुर सिंह, बझाङमा सीताराम जोशी, डोटीमा अर्जुन ताम्राकार, अछाममा कवीराज पण्डित, दार्चुलामा सन्तोष एैतवाल, बैतडीमा चित्तामणि भट्ट, डडेल्धुरामा टेकबहादुर रैका, कञ्चनपुरमा प्रदीप देउवा, कैलालीमा देवराज जोशीलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको विज्ञप्तिमा उल्लेख छ ।

बाढी प्रभावित र अन्य केही जिल्लाहरूमा छलफल गरेर केन्द्रीय प्रतिनिधिहरू तोकिनेछ ।

Published : Saturday, 2026 September 12, 5:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया