सुर्खेत प्रहरीद्वारा स्वचालित पेस्तोलसहित दुई जनालाई पक्राउ

वीरेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले दुई जनालाई स्वचालित पेस्तोलसहित पक्राउ गरेको छ ।

भदौ २२ गते पक्राउ पर्नेमा दैलेखको आठबीस नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३० का भीमबहादुर शाही र आठबीस नगरपालिका वडा नं. ५ बस्ने वर्ष २७ को भुपेन्द्र शाही रहेको सुर्खेत प्रहरीका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अभद्र व्यवहार सम्बन्धी कसूरमा पक्राउपरेका भुपेन्द्र र भीमसँगको बयानका क्रममा मेड ईन चेकोस्लाभिकिया लेखेको पेस्तो बरामद भएको प्रहरीले जनाएको छ । प्रतिवादीको बयानका आधारमा दैलेखको आठबीस नगरपालिका वडा नं. ४ राकम खोलीबजार नजिकै खोल्सामा लुकाइ राखिएको पेस्तोल बरामद भएको थियो ।

Published : Saturday, 2026 September 12, 12:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया