लाखौंको ठगी काण्डमा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री गुरुङ पक्राउ, काठमाडौं प्रहरीको बोल्ड कदम

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङलाई ठगी मुद्दाको जाहेरीमा पक्राउ गरि रकम बुझाएपछि छाडिदिएको छ ।

पूर्वराज्यमन्त्री समेत रहेका गुरुङ ९ दिन प्रहरी हिसातमा बसेर रकम बुझाएर शुक्रबार छुटेका छन् । तीन जनाको पीडितको रकम बुझाएर कांग्रेस केन्द्रीय सदस्य गुरुङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिसर काठकाडौंका प्रहरी प्रमुख (एसएसपी) दिलिप घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार ३ जना पीडितले गुरुङविरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ गरेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य गुरुङलाई प्रहरीले भदौ १८ गते पक्राउ गरेको थियो । भदौ १८ गते पक्राउ परेका गुरुङ ९ दिन प्रहरी हिरासतमा बसेर शुक्रबार छुटेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य गुरुङविरुद्ध पीडितहरू दोर्जे शेर्पा, रिगुंज्याम्पु शेर्पा र सुनुर्पु शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए । गुरुङले दोर्जे शेर्पालाई ३३ लाख ५० हजार, रिगुंज्याम्पु शेर्पालाई १४ लाख र सुनुर्पु शेर्पालाई २४ लाख बुझाएपछि शुक्रबार रिहा भएको एसएसपी घिमिरेले बताएका छन् ।

राजनीतिक शक्तिको दुरुपयोग गरेर पूर्वराज्यमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य गुरुङले उन्मुक्ति पाउँदै आएका थिए । पीडितहरूले न्यायका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई गुहारेपछि ९ दिनभित्रै पीडितहरूले न्याय पाएका छन् । कथित ठूलामाछाहरूले राजनीतिक दवावमा उन्मुक्ति पाउँछन् भन्ने बिगतको परम्परा काठमाडौं प्रहरीले तोडिदिएको छ ।

Published : Friday, 2026 September 11, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया