गृहमन्त्री गुरुङलाई रास्वपा सचेतक धितालको चेतावनी, मलाई हप्काउने ताकत कसैसँग पनि छन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलकी सचेतक एवम् केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल आफूलाई कसैले पनि हप्काउने वा दम्काउने ताकत नराख्ने बताएकी छिन् ।

शुक्रबार सिंहदरबारमा प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सचेतक धितालले भनिन्, ‘हकारर्ने, हप्काउने, दम्काउने त्यसपछि कसैलाई होच्याउने, ह्युमिलेट गर्न सक्ने ताकत कसैसँग पनि छन । हप्काएको पनि होइन । एउटा व्यक्ति स्वतन्त्र हुन्छ ।’

सचेतक धितालको स्टाटसलाई लिएर गृहमन्त्री सुधन गुरुङले रास्वपाका सांसदहरूको ह्वाट्सएप ग्रुपमा हप्काउने गरेर टिकाटिप्पणी गरेको विषयमा पत्रकारहरूले सचेतक धितालसँग जिज्ञासा राखेका थिए ।

सचेतक धितालले भनिन्, ‘एकदमै सामान्य कुराहरू हो यो । बाहिर आउँदा यो कसरी आयो ? भन्ने कुराहरू हो । उहाँ (गृहमन्त्री सुधन गुरुङ)ले आपत्ति जनाउन पनि पाउनु हुन्छ । उहाँको नैसर्गिक अधिकार हो । त्यसमाथि पनि गृहमन्त्री हुनुहुन्छ । उहाँलाई लागेको कुराहरूमा हाम्रो छलफल हुन्छ । त्यसलाई हप्काएको अथवा उहाँले हप्काउनु नै भयो भने पनि म स्वतन्त्र मान्छे हुँ । म पनि त प्रतिउत्तर गर्न सक्ने मान्छे हुँ ।’

‘हामीले त्यो कुरालाई कसरी ग्रहण गर्छौ ? भाष्य कसरी स्थपित गर्छौं भन्ने कुरा महत्वपूर्ण रहन्छ । अझ हामी यो कुरामा खुसी हुनुपर्छ कि हामीले एउटा सानो कुरालाई एदमै गम्भीर विषय बनाएर छलफल बिमर्श गरिरहेका छौँ,’ धितालले भनिन्, ‘यसले दिने परिणाम पनि एकदमै राम्रो हुन्छ । कतिपय कुराहरू एउटा व्यक्तिबाट अर्को व्यक्तिमा जाँदाखेरी कुराहरू बढेर जान्छन् । यसलाई सामान्य रुपमा लिउँ ।’

‘बैचारिक मतभेद हो । मतभेदकै कुरामा उहाँले आपत्ति जनाउन पाउनु हुन्छ । उहाँको नैसर्गिक अधिकार हो । उहाँलाई लागेको कुरामा हाम्रो छलफल हुन्छ,’ रास्वपा सचेतक धितालले भनेकी छिन् ।

Published : Friday, 2026 September 11, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया