भैरहवाको रोयल कालिङ्ग क्यासिनोमा कानूनले बर्जित कार्य, ६ जना पक्राउ
भैरहवा । रूपन्देहीको भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोमा कानूनले बर्जित गरेको कार्य जुवा खेलिरहेको अवस्थामा पाँच नेपालीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा क्यासिनोका पिट म्यानेजरसमेत रहेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार सिद्धार्थनगर नगरपालिका–१० स्थित कालिङ्गा क्यासिनोमा छापा मारेर ६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचना पाएपछि बिहीबार दिउँसो ४ बजेर १५ मिनेटमा प्रहरी टोलीले चेकजाँच गरेको थियो । त्यसक्रममा पाँच नेपाली नागरिक जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए ।
पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–७ का ४८ वर्षीय नारायण घर्ती, कास्कीको पोखरा महानगरपालिका–१५ का ४७ वर्षीय रोशन के.सी., पोखरा महानगरपालिका–१७ का ३९ वर्षीय सुदीप आचार्य, रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ का ४६ वर्षीय रामु श्रेष्ठ र बुटवल उपमहानगरपालिका–३ का ३६ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।
क्यासिनोका पिट म्यानेजर भारतको हरियाणा प्रदेश फरिदाबादका २५ वर्षीय पारस भाटिया पनि पक्राउ परेका छन् ।
प्रहरीले नियन्त्रणमा लिएका सबैलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भैरहवा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया