खोज तथा उद्धार, राहत, प्रभावित नागरिकको व्यवस्थापन र पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले रसुवा बाढीबाट प्रभावितका लागि सरकारले मुख्य चारवटा विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिएका छन् ।
बिहीबार नुवाकोटमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा देउवाले सरकारले खोज तथा उद्धार, राहत, प्रभावित नागरिकको व्यवस्थापन र पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
देउवाले भने, ‘विपत्तिको अवस्था अत्यन्तै दुःखदायी छ । यहाँका साथीभाइ तथा प्रभावित नागरिकप्रति म गहिरो दुःख व्यक्त गर्न चाहन्छु । अहिले सरकारले मुख्य रूपमा चारवटा विषयलाई प्राथमिकतामा राख्नुपर्छ । खोज तथा उद्धार, राहत, प्रभावित नागरिकको व्यवस्थापन र रि–कन्सट्रक्न ।’
देउवाले बाढी प्रभावित नागरिकका लागि सरकारले के–के गरिरहेको छ र के काम हुन सकेको छैन भनेर आफूले आवाज उठाउने पनि बताए ।
‘यी चार वटा कुरा नगरी नहुने काम हुन् । यसका लागि सरकारले के गरेको छ, के गरेको छैन, आवाज उठाउँछु,’ देउवाले भने, ‘बाहिर भन्छु, प्रेसमा सबै ठाउँ भन्नेछु ।’
अहिले तत्काल गर्नुपर्ने पहिलो काम खोज तथा उद्धार भएको देउवाले बताएका छन् ।
‘त्यसपछि राहत व्यवस्थापन महत्वपूर्ण हुन्छ । राहतका लागि पर्याप्त ठाउँ छैन, मानिसहरूलाई बस्ने व्यवस्था पनि सहज छैन,’ देउवाले भने, ‘उद्धार गरिसकेपछि उनीहरूलाई कहाँ राख्ने, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले तत्काल ध्यान दिनुपर्छ । त्यसपछि पुनर्निर्माण गर्नुपर्ने हुन्छ ।’
देउवाले रसुवा बाढीले विपत्तिले निम्त्याएको दुःख अत्यन्तै गम्भीर भएको भन्दै सबै मिलेर प्रभावित नागरिकको उद्धार, राहत र पुनर्निर्माणमा जुट्नु पर्ने बताए ।
बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि देउवासहित नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, एनपी साउद, मोहन बस्नेतलगायतका नेताहरू बाढी प्रभावित क्षेत्र गएका छन् ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया