जहाँ शेरबहादुर, वीपी–गणेशमान–महेन्द्रनारायणको सुपुत्र त्यहीँ छ कांग्रेस : एनपी साउद
भक्तपुर । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले शेरबहादुर देउवा जहाँ त्यहीँ नेपाली कांग्रेस बैचारिक रुप ठाउँमा रहेको बताएका छन् ।
बुधबार राधेराधेमा नेपाली कांग्रेस भक्तपुरले ११३औँ वीपी जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता साउदले देउवा रहेकै ठाउँमा कांग्रेसको बिचार रहेको बताएका हुन् । उनले भने, ‘वीपी मेलमिलापको नीति लिएर पटनामा कार्यकर्तालाई सम्बोधन गर्दै हुनुहुन्थ्यो । पत्रकारको प्रश्नमा वीपीले भन्नुभएको थियो नेपाली कांग्रेस कहाँ छ ? वीपी कोइराला तपाईलाई नेपाली कांग्रेसले कारबाही गरेको भन्ने कुराको चर्चा चलिरहेको छभन्ने कुराभन्दा वीपी कोइरालाले भन्नुभएको थियो जहाँ म उभिएको छु नेपाली कांग्रेस त्यहीँ ठाउँमा उभिएको भनेर वीपी कोइरालाले भन्नुभएको छ ।’
नेता साउदले भने, ‘आज पनि जहाँ शेरबहादुर देउवा हुनुहुन्छ, जहाँ वीपी कोइरालाको सुपुत्र हुनुहुन्छ, जहाँ गणेशमान सिंहको सुपुत्र हुनुहुन्छ, महेन्द्रनारायण निधीजीको सुपुत्र हुनुहुन्छ, आज नेपाली कांग्रेस बैचारिक रुपमा त्यही ठाउँमा छ । हामी वंशको उत्तराधिकारीलाई नेतृत्वमा स्थापित चाहन्नौँ । यदि वंशले बिचार बोक्छ त्यसलाई कहिल्यै पनि हामी निधेष गर्दैनौँ ।’
उनले भने, ‘केही साथीहरू यो बीचमा जो विशेष अधिवेशनको कुरा गरेका छन् । विशेष अधिवेशनको नेतृत्व गरेका छन् । उनीहरूले समाजवादको ठाउँमा सामाजिक लोकतन्त्र भन्ने नयाँ भाष्य खडा गर्न खोजेका छन् ।’
‘नेपाली कांग्रेसलाई आफ्नो परम्परागत सोँचबाट बिचलित बनाएर अन्त लैजान खोजेको देखिरहेको छ,’ नेता साउदले भने ।
‘आज राष्ट्रियता पनि देशभित्र देश बाहिरका शक्तिहरू हाम्रो मुलुकको स्वाधीनता सम्प्रुभत्ता र अखण्डतामाथि धावा बोल्ने गरेर अगाडि आइराखेका छन्,’ उनले भने, ‘यस्तो बेलामा राष्ट्रिय एकताको लागि वीपी कोइरालाले २०३३ सालमा जसरी बाहिरबाट ज्यानको बाजी राखेर सात वटा मुद्दा जो हरेक मुद्दामा फाँसी हुन सक्थ्यो ती मुद्दाहरूको जोखिम बोकेर नेपाल आउनुभयो ।’
उनले भने, ‘आजको दिनमा नेपाली कांग्रेसले पनि आफ्नो देश बचाउनको लागि, प्रजातन्त्र बचाउनको लागि, संविधान बचाउनको लागि, जुनसुकै जोखिम लिनका लागि पनि तयार हुनुपर्ने आवश्यक्ता मैले महसुस गरेको छु ।’
‘वीपी कोइरालाले कहिल्यै पनि सिद्धान्तसँग सम्झौता गर्नु भएको थिएन । चाहे पार्टीभित्र होस्, चाहे बाहिर होस् हाम्रा अगाडि संघर्षका दिन आउन सक्द छन् । आज पनि चुनौतिका दिनहरू आउन सक्द छन् । वीपी कोइरालाले जसरी चुनौति र संघर्षबाट शक्ति ग्रहण गर्नु भएको थियो र त्यो शक्तिबाट समाजलाई रुपान्तरण गर्न खोज्नु भएको थियो । आदरणीय नेता शेरबहादुर देउवा पनि त्यही बाटो हिँड्नु पर्छ,’ कांग्रेस नेता साउदले भने ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया