पार्टीलाई एकजुट पारौँ, कठिन अवस्थामा छौँ, कांग्रेस टुक्रिने हो कि भन्ने सम्भावना छ : संयोजक प्रा.डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले कांग्रेसको सफलताको लागि एकजुट भएर अधिवेशन गर्न आह्वान गरेका छन् ।

बुधबार राधेराधेमा नेपाली कांग्रेस भक्तपुरले ११३औँ वीपी जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डाकोइरालाले आफूहरू कठिन अवस्थामा रहेको र पार्टी टुक्रिने हो कि भन्ने सम्भावना पनि रहेको बताएका छन् ।

उनले भने, ‘यो पार्टीलाई एकजुट पारौँ । आउँदो अधिवेशनमा शेरबहादुरजीको नेतृत्वमा अधिवेशन हुन्छ । यो अधिवेशनलाई सफल पारौँ ।’

‘यो सफलता नै नेपाली कांग्रेसको सफलता हो र राष्ट्रको सफलता हो । लोकतन्त्रको सफलता हो,’ प्रा.डा. कोइरालाले भने, ‘हामीले बनाएको संविधानको सफलता हो । हामी बडो अफ्ठ्यारो अवस्थामा छौँ । पार्टी टुक्रिने पनि हो कि भन्ने सम्भावना देखिरहेको छु ।’

संयोजक प्रा.डा. कोइरालाले भने, ‘हाम्रो प्रयास रहन्छु कि उनीहरूलाई एकजुट पारेर हामी अगाडि जाऔँ । यसैमा हामीलाई भलाइ छ ।’

Published : Wednesday, 2026 September 9, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया