म पनि छिटै नै देशभरि घुम्छु, जिल्ला, गाउँ, ठाउँमा भ्रममा परेका साथीहरू होलान् भन्नु पर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जिल्ला जिल्ला गएर पार्टीका साथीहरूसँग भेटघाट गर्ने बताएका छन् ।

बुधबार राधेराधेमा नेपाली कांग्रेस, भक्तपुरले ११३औँ वीपी जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भ्रममा परेका साथीहरूसँग भेटघाटका लागि आफू छिट्टै जिल्लाहरूमा जान लागेको बताएका हुन् ।

उनले भने, ‘साथसाथै साथीहरूलाई आफ्नो जिल्ला, गाउँ सबै ठाउँमा भ्रममा परेका साथीहरू होलान् । सबैलाई आ–आफ्नो पक्षमा ल्याउँदै, म पनि छिटै नै देशभरि घुम्छु ।’

‘वास्तवमा भन्ने हो भने म काठमाडौं आउँदाखेरी जुन किसिमको नेपाली जनताको माया, सद्भावना र समर्थन मैले प्राप्त गरेँ । त्यो मैले पाएको होइन । सबै साथीहरूले पाउनुभएको हो । तपाईहरूले पाउनु भएको हो । नेपाली कांग्रेसका सच्चा कार्यकर्ताले पाउनु भएको हो,’ देउवाले भने ।

‘हामी सबै लागेर जनताले दिएको मायालाई हामी सबैले आफूले पाएको माया भन्ने ठानेर अगाडि बढ्न पर्छ,’ देउवाले भने ।

‘म देशभरि घुमेर फेरि जनताको पक्षमा जाने विश्वास गराउँदै तपाईहरूलाई हार्दिक धन्यवाद दिँदै फेरि पनि सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास गर्दै विदा हुन्छु,’ देउवाले भनेका छन् ।

Published : Wednesday, 2026 September 9, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया