अहिले पार्टी सभापति म छु, मलाई थाहै छैन, निर्वाचन आयोगले ज्यानको खतरा भयो भनेको छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधानमा विशेष महाधिवेशन बोलाउने प्रावधान रहेको बताउँदै त्यसको पनि प्रक्रिया रहेको बताएका छन् ।
बुधबार राधेराधेमा नेपाली कांग्रेस भक्तपुरले ११३औँ वीपी जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले विशेष अधिवेशन बोलाउने कुरा नमिलेको बताएका छन् । विशेष महाधिवेशनमाथि प्रश्न उठाउँदै उनले भने, ‘अहिले पार्टी सभापति म छु । मलाई थाहै छैन ।’
देउवाले भने, ‘अहिले विशेष अधिवेशनको कुरा गर्नु जरुरी देखेको छु मैले । नेपाली कांग्रेसको विधानमा विशेष अधिवेशन बोलाउने प्रावधान छ । विशेष अधिवेशन पार्टीले बोलाउने हो ।’
‘सुवर्णशम्शेर पार्टी सभापति हुँदाखेरी विशेष अधिवेशन बोलाइएको हो पहिले । वीपी कोइराला पनि हुनुहुन्थ्यो,’ देउवाले भने, ‘सबैको एकता भएर, एक भएर विशेष अधिवेशन पहिले बोलाइएको हो । त्यसमा पूरा सनाखत गराएर को हो ? को होइन भनेर प्रतिनिधि बोलाइएको थियो ।’
‘पछि गगन थापाजीले विशेष महाधिवेशन बोलाउनु पर्यो भन्नुभयो । मैले विशेष अधिवेशन बोलाउन पाइन्छ, अधिकार छ पार्टीमा, त्यसका लागि को को भाग लिने हो ? सनाखत हुनुपर्यो । कुन जिल्लाको ? कुन क्षेत्रको ? कुन गाउँपालिकाको कहाँ हो ? त्यसको नामसाम सबै चाहियो,’ देउवाले भने ।
‘सनाखत हुनुपर्यो, बिना सनाखत गर्न पाइन्छ ? पहिले पनि बोलाइएको थियो । पार्टी सभापति सुर्वणशम्शेर हुँदाखेरी बोलाइएको हो,’ देउवाले भने, ‘अहिले पार्टी सभापति म छु । मलाई थाहै छैन । तिमी बोलाउन पाउँछौँ ? मलाई थाहै छैन बोलाइदिने ? भन्दाखेरी हुन्छ दाई, बिचार गर्छु, बिचार गर्छु भनेर अचानक बोलाइ दिए ।’
‘मैले सनाखत गरौँन सनाखत, त्यो हो कि होइन ? त्यो मेम्बर छ कि छैन ? पार्टीको । खल्तीबाट हालेर नाम राखेर राखिदिनुभयो । त्यो विशेष अधिवेशन बोलाए उन (गगन)ले,’ देउवाले भने, ‘बोलाएपछि हामीले मुद्दा हाल्यौँ निर्वाचन आयोगमा ।’
देउवाले भने, ‘निर्वाचन आयोगले के भनेको छभने ज्यानको खतरा भयो भनेको छ उसले । बोलेको छ है हेर्नुस् त्यहाँ । ज्यानको खतरा भएको भनेर गर्नुपर्याछ भनेको छ उस (कार्यबाहक प्रमुख निर्वाचन आयुक्त)ले । बोलेको छ । मैले भनेको होइन, सबैले सुनेको कुरा हो यो । भन्दाखेरी ज्यानको खतरा त्यत्रो त्रास हिजो त डरायो त्यो निर्वाचन आयोगको प्रमुख ।’
‘त्यसपछि हामीले सर्वोच्चमा दियौँ । सर्वोच्चले के भनिदियो भने चुनाव भइसक्यो के गर्ने ? पहिले भएको भए हुन्थ्यो भन्यो । अति भयो नि हामीले भनेपछि पुनरावलोकनमा गयौँ । पुनरावलोकनले निस्सा दियो हामीलाई । निस्सा दिएपछि हाम्रो आधाभन्दा धेरै विजय भइसक्यो,’ देउवाले भने ।
‘अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर हुन्छ, के भनेर हुन्छ यसलाई कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्ने कोशिस भइराख्या छ । तर, हामी कुनै हालतमा मान्दैनौँ,’ देउवाले भने ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया