सर्वोच्च अदालत नडराएर राजा ज्ञानेन्द्रको खिलाफमा निर्णय गरेर उसै बेला मलाई बचाएको हो : देउवा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजा ज्ञानेन्द्रको शासनकालमा आफूलाई सर्वोच्च अदालते जेलबाट छुटाएर न्याय दिएको भन्दै यस पटक पनि कांग्रेसको मुद्दामा आफूले न्याय पाउने विश्वास लिएको बताएका छन् ।
बुधबार राधेराधेमा नेपाली कांग्रेस, भक्तपुरले ११३औँ वीपी जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राजा ज्ञानेन्द्रको पालमा सर्वोच्च अदालत डराएर आफूलाई १०/१२ वर्ष जेल हाल्छ कि भनेर पत्नीलाई बोलाएर छोरालाई राम्रोसँग पढाउनु भनेर सम्झाएको बताएका छन् ।
देउवाले भने, ‘मलाई विश्वास छ, पञ्चायतकालदेखि नै संघ, संस्था नियन्त्रणमा अदालतले हामीलाई जेलबाट छुटाएको हो । त्यस्तै राजा ज्ञानेन्द्रले जेल हाल्दाखेरी पनि अदालतबाट मैले आशा मासिकेको थिएँ ।’
उनले भने, ‘मैले मेरो श्रीमतीलाई बोलाएर भने ‘हेर सर्वोच्च अदालत पनि राजासँग डराउँछ होला, छोरालाई पढाउनु, मलाई १०/१२ बर्ष हालिहाल्छ होला भनिहाले’ तर, सर्वोच्च अदालतले राजा ज्ञानेन्द्रको खिलाफमा उसै बेला मलाई बचाएको हो ।’
‘त्यस कारण सर्वोच्च अदालतप्रति मेरो विश्वास छ । सर्वोच्च अदालतले मलाई न्याय दिन्छ भन्ने विश्वास छ,’ देउवाले भने, ‘त्यस कारण सर्वोच्च अदालतमा जोसुकैले धाएता पनि सर्वोच्च अदालतप्रति मलाई विश्वास छ । निष्पक्षरुपमा जसरी हामीलाई निस्सा दिएको छ त्यस्तै रुख चिन्ह, चारतारे झण्डा नेपाली कांग्रेस हामीले पाउनेछौँ भन्ने विश्वास लिएको छु ।’
‘मलाई विश्वास छ जतिसुके जे गरे पनि सर्वोच्चले न्याय दिनेछ भन्ने विश्वास छ,’ देउवाले भनेका छन् ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया