गगन भाई कांग्रेसी भावना र पार्टी हितलाई ध्यान दिनुस्, यसले तपाईको उचाइँ घट्दैन : नेतृ ईश्वरी न्यौपाने

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेले नियमित महाधिवेश पक्षधरहरूको भावनालाई समेट्दा गगन थापाको उचाइँ नघट्ने बताएकी छिन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत नेतृ न्यौपानेले पार्टीको हितलाई ध्यानमा राखेर फरक बिचार राख्ने साथीहरूलाई पार्टीमा समेट्दा गगन थापाको उचाइँ बढ्ने बताएकी हुन् ।

उनले भनेकी छिन्, ‘गगन भाई बर्तमान देशको परिस्थिति, आगामी निर्वाचन कांग्रेसी भावना एवं पार्टीको हितलाई ध्यानमा राखेर बाधा अड्काउको अधिकार प्रयोग गर्दै तपाईभन्दा फरक धार (नियमित महाधिवेशन पक्षधर)ले राखेका मागहरूलाई सम्बोधन गरेर जानुस्, यसले तपाईको उचाइँ घट्दैन ।’

शेरबहादुर देउवाको अपमान गरेर कांग्रेसको हित नहुने उनले बताएकी छिन् । ‘आदरणीय शेरबहादुर दाईलाई अब न त पदको आशक्ति छ, न अरु कुरै कुराको, छ त केवल जनताको सेवक भएर आफ्नै माटोमा बस्ने चाहना । नेपाल फर्किदा दिएको विज्ञप्तिले देखाउँछ,’ न्यौपानेले भनेकी छिन् ।

‘दाईलाई भ¥याङ बनाएर राजनीतिक रोटी सेक्ने काम हामी कसैले गर्नु पनि हुँदैन,’ नेतृ न्यौपानेले भनेकी छिन् ।

तथाकथित विशेष महाधिवेशनबाट गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेपछि नेपाली कांग्रेस तहस नहस बनेको छ । कांग्रेस इतिहासकै कमजोर अवस्थामा छ । कांग्रेसलाई पहिलो पार्टी बनाएका शेरबहादुर देउवासहित १४औँ महाधिवेशनको कार्यसमितिलाई गगन थापाले अपदस्थ गरेर अपमान गरेका छन् ।

१४औँ महाधिवेशनबाट आएका नेताहरूलाई गगन थापाले कांग्रेसमा ढोका थुनेर एकलौटी रुपमा पार्टी कब्जा गरेर बसेका छन् ।

नेपाली कांग्रेसमा बृहत एकताका लागि देउवा पक्षीय नेताहरू अर्थात् नियमित महाधिवेशन पक्षधर नेताहरूले प्रयासहरू गरिरहेका छन् । तर, गगन थापाको अहँकार, घमण्ड र महत्वकांक्षाका कारण कांग्रेस बिभाजनको डिलमा पुगेको छ । कांग्रेस बिभाजन भयो भने यसको प्रमुख नायिक गगन थापा हुने नेताहरूले बताएका छन् ।

शेरबहादुर देउवा अहिले पनि कांग्रेसको बृहत एकताको पक्षमा छन् । उनले अपमान सहेर पनि कांग्रेसका लागि सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएर निस्सा पाएका छन् । देउवालाई न्यायलयप्रति अहिले पनि विश्वास छ । निर्वाचन आयोग र सर्वोच्च अदालतको फैसलाबाट गुमेको नेपाली कांग्रेसलाई सर्वोच्च अदालतले दिएको निस्साबाट कांग्रेस पार्टी फर्किनेमा देउवा आशावादी छन् ।

Published : Tuesday, 2026 September 8, 10:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया