हाडनातामा जबरजस्ती करणी गरेपछि १४ वर्ष कैद सजाय भएका गुरुङलाई सीआईबीद्वारा रुपाबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १४ वर्ष कैद सजाय कायम भएका हाडनाता जबरजस्ती करण मुद्दाका फरार कैदी हर्कबहादुर गुरुङलाई पक्राउ गरेको छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागार कार्यालय, कास्कीबाट फरार भएका ३४ वर्षीय गुरुङलाई सीआईबीको टोलीले भदौ २२ गते सोमबार कास्कीको रुपा गाउँपालिका– ७ धारापानीबाट पक्राउ गरिएको प्रवक्ता समेत रहेका एसएसपी अनुपमशम्शेर जबराले विज्ञप्तिमार्फत जनाएका छन् ।
हाडनाता जबरजस्ती करण मुद्दामा १४ वर्ष कैद सजाय कायम भई २०८१ साउन १४ गतेदेखि कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेका पोखरा महानगरपालिका वडा नं. ३० बस्ने गुरुङ भदौ २४ गते फरार भएका थिए ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते फरार रहेका गुरुङले ११ वर्ष ९ महिना २६ दिन कैद भुक्तान गर्न बाँकी छ । कास्की जिल्लाका विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा सीआईबीको टोलीले भदौ २२ गते सोमबार कास्कीको रुपा गाउँपालिका वडा नं. ७ धारापानीबाट पक्राउ गरी कारागार कार्यालय कास्कीमा बुझाएको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया