ठमेलमा युवतीको तिघ्रामा ब्याड टच गर्ने मान्छे पक्राउ, लामो कपाल काटे
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ठमेलमा युवतीको तिख्रा समातेर दुर्व्यवहार गर्ने ३० वर्षीय सालिन साहलाई पक्राउ गरेको छ ।
प्रहरीले साहलाई शनिबार ठमेलबाट पक्राउ गरेको प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । युवतीलाई दुर्व्यवार गर्दाका बखत साहको लामो कपाल देखिएको थियो । सीसीटीभी भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अपराधको सजायबाट बच्न साहले लामो कपाल काटेर छोटो बनाएका थिए ।
साह सर्लाहीको कबिलासी नगरपालिका– २ घर भई हाल काठमाडौं महानगरपालिका–१४, कलंकी बस्दै आएका छन् ।
साहलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त, लैनचौरमा पठाइएको छ । साहमाथि अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धान भइरहेको एसपी थापाले बताएका छन् ।
भदौ १६ गते करीव ८ बजे रातिको समयमा ठमेलस्थित सडकमा हिंडिरहेकी २२ वर्षीया युवतीलाई सेतो टिर्सट र कालो पाइन्ट लगाएको दाह्री, कपाल पालेको व्यक्तिले अस्वाभाविक तवरले छोई (ब्याड टच) अभद्र व्यवहार गरेका थिए । घटनाको सामाजिक सञ्जालमा सार्वजनिक भिडियो फुटेज सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट अनुसन्धान भैरहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले साहलाई शनिबार राति ७ बजे ठमेलबाट नियन्त्रणमा लिएको आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया