कृष्णभीरमा ट्रायक बनाउने कार्य अन्तिम चरणमा, शनिबार रातिदेखि नै सञ्चालनमा आउन सक्ने
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत अबरुद्ध मुग्लिङ–मलेखु सडकखण्डको कृष्णभीरको भित्ता काट्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
सडकमा ट्रयाक बनाउन शुक्रबारबाट काम थालिएको थियो । भित्ता काट्ने काम शनिबार साँझसम्म अन्तिम चरणमा पुगेको छ । कुनै बाधा र अबरोध भएन भने कृष्णभीरको ट्रयाकबाट शनिबार रातिदेखि नै यातायातका साधन सञ्चालन हुन सक्ने अनुमान छ ।
निर्माण व्यवसायीले, नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि र विज्ञहरूको रोहवरमा सडक खन्ने काम शुरु भएको थियो ।
निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले कृष्णभीरमा मुग्लिङतर्फ १ सय ५० मिटर स्काभेटर गुड्न ट्रयाक खोलिसकेको बताएका छन् ।
मलेखुतर्फ खण्डमा झण्डै सय मिटर ट्रयाक खोलिसकेको र बाँकी ५० मिटर ट्रयाक शनिबारबाट खोल्ने तयारी रहेको बताएका छन् ।
ट्रयाक छिटो सकेर शनिबार रातिदेखि नागढुङ्गा–मुग्लिङ सडकखण्ड सञ्चालन गर्ने तयारी रहेको बताए । रातिको समयमा पनि प्राविधिक, अपरेटर, इञ्जिनियर र कर्मचारीहरू खटिएर काम गरिरहेको उपाध्यक्ष खड्काले बताए ।
भदौ १० गते र त्यसपछि निरन्तर आएको त्रिशूली बाढीको कारण कृष्णभीर, परेवाभीरसहितका विभिन्न स्थानको सडक कटान गरी बगाएको छ । सडक कटान भएपछि पृथ्वी राजमार्ग अवरुद्ध छ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया