कोहलपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
कोहलपुर । जिल्ला प्रहरी कार्यालय, बाँकेले जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका वडा नं. १३ खड्कबारस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा कोहलपुर नगरपालिका–१२ बस्ने ३६ वर्षीय धनबहादुर परियार समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
शुक्रबार राति इलाका प्रहरी कार्यालय, कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २ हजार ४ सय ४५ रूपियाँसहित पक्राउ गरेको हो ।
Published : Saturday, 2026 September 5, 6:48 pm
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया