सानेपाबाट चरम हस्तक्षेप भएपछि जनसम्पर्क समिति क्यानडाको अप्रिय निर्णय, ५ सयले दिए सामूहिक राजीनामा
काठमाडौं । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशनबाट आएको नेतृत्वले विधान विपरीत हस्तक्षेप गरेर काम गर्नै नदिएपछि नेपाली जनसम्पर्क समिति क्यानडामा आबद्ध झण्डै ५०० सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।
स्थानीय समयअनुसार शुक्रबार क्यानडामा बसेको नेपाली जनसम्पर्क समिति (क्यानडा)को बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको सुरेश रजौरेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । रजौरेले लेखेका छन्, ‘एउटा गम्भीर र ऐतिहासिक निर्णय गरेको छ । संस्थामा रहेका ५५२ जना क्रियाशील सदस्यहरूमध्ये ५०० जनाले सामूहिक रूपमा राजीनामा दिने निर्णय गरेका छौँ ।’
‘दोहोरो भूमिका र नयाँ फेरिएको कांग्रेसले कुन आधारमा क्यानाडाका लागि निर्णय गरेर पठायो ?,’ प्रश्न गर्दै रजौरेले भनेका छन्, ‘आफ्नो पक्षमा आउँदा विधान र नियमको व्याख्या एउटा, अनि नेपाली जनसम्पर्क समिति क्यानाडाको हकमा अर्को—यस्तो दोहोरो मापदण्डले संगठन चल्न सक्दैन ।’
‘विधान कसैको निजी सुविधा होइन, सबैका लागि समान अनुशासन हो,’ रजौरेले भने, ‘नियम व्यक्ति हेरेर बदलिने होइन, सिद्धान्तका आधारमा लागू हुने हो ।’
‘आज नेपाली कांग्रेस आफैँ एउटा नयाँ मोडमा उभिएको छ । त्यसैले प्रश्न स्वाभाविक छ– आफ्नै विधान, आफ्नै निर्णय र आफ्नै सिद्धान्तप्रति कांग्रेस स्वयं कति प्रतिबद्ध छ ?’
‘हामी स्पष्ट छौँ—विधान, नियम र संस्थागत मर्यादाभन्दा माथि कोही छैन,’ रजौरेले भने, ‘नेपाली जनसम्पर्क समिति क्यानाडाको अस्तित्व, वैधानिकता र संस्थागत निर्णयलाई कमजोर पार्ने कुनै पनि विद्रोही संरचनालाई हामी स्वीकार गर्ने छैनौँ ।’
‘विवादित प्रक्रियाबाट स्थापित व्यक्ति वा संरचनालाई पनि कुनै हालतमा वैधता दिने प्रश्न उठ्दैन,’ उनले भनेका छन् ।
‘व्यक्ति बदलिँदैमा सिद्धान्त बदलिँदैन । परिस्थिति बदलिँदैमा विधान बदलिँदैन,’ रजौरेले भने, ‘विधान सबैका लागि समान हुनुपर्छ—नत्र त्यो विधान होइन, स्वार्थको दस्तावेज मात्र हुन्छ ।’
रजौरेले भने, ‘याद रहोस्—विधि र विधानले पार्टी चल्छ, व्यक्तिको इच्छा र क्षणिक निर्णयले होइन ।’
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया