त्रिशूली थ्री ‘ए’को सुरुङबाट उद्धार गरिएका कवीरको स्वास्थ्य अवस्था जटिल, साह सामान्य
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एकजनाको अवस्था सामान्य छभने अर्का व्यक्तिको अवस्था जटिल रहेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको समाचार ग्रुपमार्फत दिइएको जानकारी अनुसार जटिल अवस्थामा रहनेमा कबीर महर्जन रहेका छन् । उनलाई केही समय अगाडि नै छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार जारी राखिएको छ ।
सुरुमा उद्धार गरिएका अर्का व्यक्ति सञ्जय साहको अवस्था भने सामान्य रहेको छ । स्वास्थ्य अवस्था स्थिर देखिएतापनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदै छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञहरूको संयुक्त टोलीले शुक्रबार बिहानै उनीहरूको उद्धार गरेको हो । आयोजनाभित्र मानिसहरू फसेको आशंकापछि बाढी गएलगत्तै लगातार उद्धारको प्रयास गरिएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया