मकालुमा शिक्षकको गोली हानेर हत्या, कारण खुल्न सकेन
मकालु । संखुवासभाको मकालु गाउँपालिका वडा नं. १ चिर्खाङमा गोली हानेर शिक्षक ३६ वर्षीय नरकुबीर खम्बु राईको हत्या भएको छ ।
चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक राईको गोली हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।
मैनालीका अनुसार बिहीबार राति ७ बजे शिक्षक राईमाथि गोली प्रहारबाट हत्या भएको छ । गोली प्रहारबाट शिक्षक राईको देब्रे कोखमा रगत बगेको देखिएको छ ।
कालिका माध्यमिक विद्यालयमा बस्दै आएका शिक्षक राई खाना खाएर हात धुन बाहिर निस्किएका बेला बरुवा बन्दक प्रहार भएको थियो ।
बन्दुकको आवाजसँगै राई ढलेको सोही विद्यालयकी शिक्षिका टीकामाया राईको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विद्यालय नजिकैबाट शिक्षक माथि गोली प्रहार देखिएको छ । शिक्षक राईमाथि भरुवा बन्दुकको गोली प्रहार भएको घटनाको कसले के कारण हानेको थियो भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्याल सहितको टोली इलाका प्रहरी कार्यालय हेदाङनागढीको टोली घटना स्थलतर्फ लागेको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करीब ६ घण्टाको पैदल दुरीमा पर्दछ । प्रहरीले घटनाबारेमा थप अनुसन्धान शुरु गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया