नेता डा.कोइरालाद्वारा कांग्रेसका नेताहरूसँग सामूहिक छलफल, टिम छाडेका भगौडाहरू पनि सहभागी
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेताहरूसँग छलफल गरेका छन् ।
मंगलबार काठमाडौंको विशाल नगरस्थित सम्पर्क कार्यालयमा डा.कोइरालाले नेताहरूसँग छलफल गरेका हुन् । छलफलमा शेरबहादुर देउवा निकटका नेताहरूको पनि उपस्थिति रहेको थियो । देउवा र डा.कोइरालालाई छाडेर तथाकथित विशेष महाधिवेशनतिर लागेका भगौडा केही नेताहरू पनि छलफलमा सहभागी रहेका थिए ।
पार्टीभित्रको आन्तरिक समस्या र पार्टीलाई एकढिक्का बनाउने विषयमा डा.कोइरालाले छलफलका लागि आफूहरूलाई बोलाएको नेताहरूले बताएका छन् ।
कांग्रेस नेता रामहरि खतिवडाले पार्टीको एकताका विषयमा छलफल भएको जानकारी दिएका छन् । खतिवडाले पार्टीलाई बृहत एकताका लागि सबैले पहल गर्नुपर्ने सुझाव आएको बताएका छन् ।
नेता डा.कोइरालाले यसअघि भदौ १४ गते नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन आयोजक समितिका संयोजक प्रा.डा. शशांक कोइराला र भदौ १५ नेता शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रको समस्या समाधानका बारेमा छलफल गरेको छलफलमा जानकारी गराएका छन् ।
बैठकमा नेताहरू धनराज गुरुङ, बलबहादुर के.सी., शंकर भण्डारी, बद्री पाण्डे, रामहरि खतिवडा, सरिता प्रसाईं, पदमनारायण चौधरी, किरण यादव, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, डा.मीनेन्द्र रिजाल, डा.गोविन्दराज पोख्रेल, दिनेश कोइराला, जीवन परियार, रंगमती शाही, गणेश लामा, अम्बिका बस्नेत, उमेशजंग रायमाझी, किरण पौडेल, विनोद कायस्थ, भुपेन्द्रजंग शाहीलगायतका नेताहरू सहभागी थिए ।
बैठकमा प्रतिनिधिसभा सदस्यहरू गीता सेन्दाङ, डा. चन्द्रमोहन यादव, रेखा यादव, रुक्मिणी कोइराला र रिना उप्रेती तथा राष्ट्रिय सभा सदस्यहरू बासुदेव जंगली, गीता देवकोटा, बिष्णु सापकोटालगायतको सहभागिता रहेको थियोे ।
गगन थापाले तथाकथित विशेष महाधिवेशनका नाममा नेपाली कांग्रेसलाई भृकुटीमण्डपबाट हाइज्याक गरेर लगेपछि कांग्रेस इतिहासकै कठिन र कमजोर अवस्थामा छ । गगनले आफूलाई कांग्रेसको सभापति घोषणा गरेका छन् । त्यसपछि वरिष्ठ नेताहरूलाई पार्टीबाट फाल्न गगनले कथित अध्यावधिका नाममा गतिविधिहरू गरिरहेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया