बाढीमा परेका ९०३ जनाको शव फेला, ४२२७ सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार सोमबार बिहान ९ बजेसम्मको तथ्याङ्कमा ९ सय ३ जनाको शव फेला परेको छ ।

हालसम्म ४२२७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । १० हजार ४५१ जनाको उद्धार भएको छ ।

पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएको छ । २६७ जना घाइते भएकोमा १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

उद्धार, राहत तथा पुनःस्थापनमा २० हजार ८१९ सुरक्षाकर्मी खटिएका छन् । उद्धारको कार्यमा नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी बल ४ हजार २०३ खटिएका छन् ।

Published : Monday, 2026 August 31, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया