नेविसंघका स्वयंसेवकहरू बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा खटियो
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन आयोजक समितिले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरूलाई पठाएको छ ।
आइतबार काठमाडौंको चुनवेदीस्थित सम्पर्क कार्यालयबाट कांग्रेस नेता कुन्दनराज काफ्लेले नेविसंघका नेताहरूलाई विदाइ गरेका छन् । नेविसंघका नेताहरूले बाढी प्रभावित क्षेत्रमा उद्धारको कार्यमा सहयोग गर्नेछन् ।
उनीहरूले आफूसँग लिएर गएका राहतका सामग्रीहरू पनि बाढी प्रभावित व्यक्तिहरूलाई वितरण गर्नेछन् ।
यसअघि, नेपाल तरुण दलका नेता दिल लामाको नेतृत्वमा तरुणहरूले ५० बोरा चामलसहितको खाद्यान्न लिएर नुवाकोट गएको थियो । तरुण दलको राहतलाई नेपाली सेनाले आफ्नो ब्यारेकमा राखिदिएको छ ।
Published : Sunday, 2026 August 30, 2:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया