बाढी प्रभावितका लागि सूर्य नेपालद्वारा हालसम्मकै ठूलो रकम प्रदान, व्यापारीले दुःखको बेला साथ दिए
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रा.लि.ले १५ करोड रुपियाँ सहयोग गरेको छ ।
शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो । पूर्वजानकारी दिएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजीक्षेत्रबाट प्राप्त भएको यो सबैभन्दा ठूलो सहयोग रकम हो ।
सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी एवम् महाप्रबन्धक प्रेम अर्यालले अर्थमन्त्री वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
प्राकृतिक राष्ट्रिय विपत्ति भएका बेला सरकारलाई उद्धार, राहत र पुनर्निर्माणमा सहयोग पुगोस् भनेर सूर्य नेपाल प्रा.लि.ले अहिलेसम्मकै ठूलो रकम निजी क्षेत्रबाट सहयोग गरेको छ ।
Published : Friday, 2026 August 28, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया