सीआईबीद्वारा हिमालयन रिईन्स्योरेन्सकी प्रमुख उपसनासहित ३ जनालाई पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धितोपत्र र बीमा सम्बन्धी ऐनअन्तर्गतको कसूरमा ३ जनालाई पक्राउ गरेको छ ।
सीआईबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसूरमा संलग्न रही फरार रहेका २ जना प्रतिवादीहरूलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता अनुपमशम्शेर जबराद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भीक जाँचबुझ प्रतिवेदन समेतको आधारमा ब्यूरोले ललितपुर महानगरपालिका वडा नं.१६ खाछें बस्ने हिमालय सेक्युरिटी बैंकर लिमिटेडका संचालक एवम् अध्यक्ष वर्ष ६३ का दीपककुमार श्रेष्ठलाई बिहीबार पक्राउ गरेको हो । उनलाई ललितपुर महानगरपालिका वडा नं. १५ हात्तिवनबाट पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं महानगरपालिका वडा नं.११ बस्ने हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी संयोजक वर्ष ४३ का सुमेरशम्शेर जबरालाई बुधबार काठमाडौंको थापाथलीबाट पक्राउ गरिएको छ ।
सीआईबीले हिमालयन रिईन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत बर्ष ३९ कि उपसना पौडेललाई पनि पक्राउ गरेको छ ।
नेपाल बीमा प्राधिकरण, कुपण्डोल, ललितपुरको पत्रद्वारा ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रा.लि.मा गरिएको निरीक्षण प्रतिवेदनअनुसार बीमा ऐन, २०७९ को दफा १४० उपदफा (१) को खण्ड (छ) र (झ) बमोजिमको कसूर सम्बन्धमा काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं ३ घर कि उपसना पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया