अकल्पनीय जनधनको क्षतिप्रति कांग्रेस दु:खी, सावधानी अपनाउँदै सहयोगमा जुटौं : प्रा.डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले चीनको तिब्बतर्फबाट आएको आकस्मिक बाढीका कारण नेपालका रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
बुधबार प्रेस विज्ञप्ति जारी गरेर संयोजक प्रा.डा.कोइरालाले नेपालको रसुवाबाट प्रवेश गरेको बाढी तटीय क्षेत्रतर्फ तिव्र गतिमा अघि बढिरहकोले यस क्षेत्रमा पर्ने नुवाकोट, धादिङ, गोरखा, चितवन लगायत आसपासका जिल्लाका बासिन्दाहरूलाई उच्च सर्तकता अपनाउन हार्दिक आब्हान गरेका छन् ।
‘अकल्पनीय त्रासदीपूर्ण विपदमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रदाञ्जलि अर्पण गर्दछु,’ संयोजक प्रा.डा.कोइरालाले भने, ‘सोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै वेपत्ता नागरिकहरुको शीघ्रातिशीघ्र खोज कार्य गर्न, घाइतेहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउनका साथै विपद प्रभावित क्षेत्रका मानिसहरूको अस्थायी वसोवासको वन्दोवस्त गर्न सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम् उपयोग गरि विपदमा नागरिकको जीवन रक्षा गर्न नेपाली कांग्रेस नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’
संयोजक प्रा.डा.कोइरालाले भने, ‘यस विपदको घडीमा विशेष सावधानी अपनाउँदै संयमता र धैर्यताका साथ आपसी साथ सहयोगमा जुटन स्थानीय बासिन्दालाई अनुरोध गर्दै विपद प्रभावित नागरिकहरूको खोज उद्धारमा स्वंय सेवक कार्यका लागि कृयाशील रहन हाम्रो पार्टीका सबै तहका पदाधिकारी सदस्यहरू, भ्रातृ तथा शुभेच्छुक संस्थामा आवद्व जिम्मेवार साथीहरू एवं सामाजिक अभियन्ताहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो आकस्मिक बैठक हार्दिक अपील गर्दछ ।’

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया