सीआईबीद्वारा धितोपत्र र बीमा ऐनअन्तर्गत कसूरमा फरार रहेका चार जनालाई पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धितोपत्र सम्बन्धी ऐन र बीमा ऐनअन्तर्गतको कसूरमा संलग्न रही फरार रहेका ४ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
मंगलबार सीआईबीका प्रवक्ता समेत रहेका एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भीक जाँचबुझ प्रतिवेदन समेतको आधारमा ब्यूरोबाट अनुसन्धान भएका धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसूरमा संलग्न चार जनालाई पक्राउ गरिएको छ ।
सीआईबीले भदौ ८ गते उनीहरूलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी सदस्य वर्ष ४२ का सुभाष पौडेल, ललितपुर महानगरपालिका वडा नं. २ बस्ने क्रेष्ट माईक्रो लाईभ ईन्स्योरेन्स लिमिटेडकी संचालक सदस्य वर्ष ४१ का सुनिता महर्जन, काठमाडौ महानगरपालिका वडा नं. १६ बस्ने नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य वर्ष ४५ का अनुप मालाकार र काभ्रेपलाञ्चोकको भुम्लुटार वडा नं. ६ बस्ने भुम्लु गाउँपालिका वडा नं.८ स्थायी वतन भएकी नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेडकी सञ्चालक सदस्य वर्ष ३९ की सुनिता श्रेष्ठ रहेको एसएसपी जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया