गगन थापा समूहद्वारा सर्वोच्च अदालतमाथि गम्भीर प्रहार, नेतृ एवम् पूर्वसांसद कुसुमलाई प्रयोग
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निस्सा दिएको बेला गगन थापा निकटकी नेतृ एवम् पूर्वसांसद कुसुम थापाले न्यायलयको मानहानी हुने गरेर अभिव्यक्ति दिएकी छिन् ।
कथित विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिकी सदस्य समेत रहेकी थापाले पूर्वमन्त्री एवम् कांग्रेस नेता दीपक खड्कालाई न्यायलयमा सेटिङ गरेको भनेर अपुष्ट कुराहरू सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् । उनको फेसबुक स्टाटसमा कमेन्ट गर्नेहरूले न्यायलयमाथि प्रहार नगर्न चेतावनी दिँदै दीपक खड्काले बोलेको हो भने प्रमाण पेश गर्न आग्रह गरेका छन् ।
गगन थापा निकटकी नेतृ थापाद्वारा न्यायलयमाथि दिइएको यो अभिव्यक्तिले स्वतन्त्र न्यायलयमाथि कथित विशेष महाविधेशनवालाहरू कति निर्मम ढङ्गले प्रस्तुत हुन्छन् भन्ने कुराको पुष्टि गरेको छ ।
सर्वोच्च अदालतमा कांग्रेस शेरबहादुर देउवा पक्षले गगन थापाको १५औँ महाधिवेशनको कार्यतालिका रोक्न माग गरेर सोमबार रिट निवेदन दिएका छन् । सो रिट निवेदनलाई मंगलबार सर्वोच्च अदालत प्रशासनले दर्ता गरेर सुनुवाईको प्रक्रियामा लैजाने तयारी गरेका बेला गगन थापाको कार्यसमितिकी केन्द्रीय सदस्य थापाले दीपक खड्कामाथि लगाएको सेटिङको विषयले कथित विशेष महाधिवेशनवालाहरू कति धेरै त्रसित छन् भन्ने कुराको पुष्टि गरेको छ । गगन थापा समूह न्यायलयविरुद्ध मिडिया ट्रायलदेखि साइबर हमलासम्म नाङ्गो रुपमा प्रस्तुत भएको छ ।
नेतृ थापा पूर्व सांसद पनि हुन् । जिम्मेवार पदमा रहेर यो ठाउँसम्म पुगेकी थापाले न्यायलयको गरिमा र मुद्दालाई प्रभावित तुल्याउने गरेर दिएको अभिव्यक्तिले गगन थापा समूह संविधान, कानून, विधि र प्रक्रियाभन्दा पनि मिडिया ट्रायल, साइबर आक्रमणहरू गरेर राजनीति गर्न चाहन्छ भन्ने पुष्टि गरेको छ ।

नेतृ थापाले लेखेकी छिन्, ‘दीपक खड्का दाई, जय नेपाल ! राजनीतिक लडाइँ राजनीतिक तरिकाले लड्नुपर्छ र कानूनी लडाइँ कानूनी तरिकाले । तपाईंहरूले राजनीतिक कुरालाई बारम्बार कानुनी बनाउनुभएको छ, त्यो पनि केही छैन, हामी त्यो पनि सामना गर्छौं । तर, केही समययता तपाईंले ‘पहिला म जेलमा भएको बेला परेकाले उनीहरूले आधिकारिकता पाएका हुन्, नत्र म मेरो मुद्दाजस्तै सेटिङ गर्थेँ । अब योपालि त्यस्तो हुन नदिन मिलाइसकैँ, फलानी–फलानो श्रीमानलाई राति भेटेको छु, उनीहरूका मान्छे भेटिसकेँ, स्टे पनि आउँछ, आधिकारिकता पनि आउँछ’ भन्नुभएको रहेछ कहि कतै ।’
फेसबुकमा नेतृ थापाले लेखेकी छिन्, ‘दाइ हार्दिक अनुरोध गर्दछु, थाहा छ तपाईंसँग धेरै पैसा छभन्ने एक वर्षअघि जेन–जी आन्दोलनकै बेलाको भिडियोमा देख्यौँ हामीले पनि । तर, छभन्दैमा अदालतका कर्मचारीदेखि श्रीमानसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला । तपाईंको कारणले सोझा मान्छेकै न्यायालयप्रतिको विश्वसनीयता घट्छ । न्यायालयको गरिमा जोगाउने जिम्मा तपाईं–हामी सबैको हो । जय नेपाल !’
गगन थापा निकटकी नेतृ थापाले फेसबुकमा लेखेको स्टाटसको कमेन्टमा कांग्रेस नेतृ लक्ष्मी खतिवडा धेरै तल नझर्न सुझाव दिएकी छिन् । खतिवडाले लेखेकी छिन्, ‘कुसुम बहिनी, यति तल नझर्नु, अल्गोरिदमको अभ्यास भोलि महँगो पर्न सक्छ । पार्टी त एक रहनै पर्छ तर, यो एकताको बाधक तपाईहरू हो । तपाईहरूको अति महत्वाकाक्षा र अरण्यरोदनले गगनलाई समग्र कांग्रेसको सभापति बन्न नदिने नै हुनु भयो ।’
कांग्रेस नेतृ विद्या तिमल्सिना पनि कमेन्ट गर्दै भनेकी छिन्, ‘हल्ला, अनुमान र सुनेको भरमा कसैलाई दोषी ठहर गर्ने अधिकार कसैलाई छैन ! राजनीतिक असहमति छभने राजनीतिक रूपमा सामना गरौँ । तर, अदालत, न्यायाधीश र व्यक्तिको नाम जोडेर ‘सेटिङ’को कथा बनाउँदै हिँड्नु गम्भीर विषय हो । प्रमाण छभने सार्वजनिक गर्नुस्, प्रमाण छैन भने यस्तो आरोप लगाएर वातावरण बिगार्ने काम बन्द गर्नुस् । अरूलाई कानून सिकाउनुअघि आफू पनि कानून र मर्यादाको सीमाभित्र बस्न सिक्नुपर्छ । न्यायालयलाई कमजोर बनाउने काम अरूले मात्र होइन, आधारहीन आरोप लगाउनेहरूले पनि गर्छन् ।’
नेतृ थापाको फेसबुक स्टाटसमा कांग्रेस नेता पशुपति भट्टराईले पनि कडा कमेन्ट गर्दै लेखेका छन्, ‘यस्तो अमूर्त कुरा पनि गर्छ दिदी ? भनेको हो भने कोसँग भने कसका अगाडि भने ? स–प्रमाण पेश गर्नुस् न ! दीपक खड्का दाईको विरोध हामी नै शुरु गरौंला ।’
भृकुटीमण्डप भेलालाई कथित विशेष महाधिवेशनका नामबाट नेपाली कांग्रेस हाइज्याक गरेर गगन थापाले आफूलाई सभापति घोषणा गरेका थिए । प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ४ बाट लज्जाजनक पराजय भोगेर कांग्रेसभित्र गरेको भाँडभैलोको दण्ड सजाय जनताबाट पाइसकेका छन् । न्यायलयमा पुनारावलोकनको मुद्दा बिचाराधीन रहेका बेला आफ्नो कार्यसमितिको सदस्यलाई प्रयोग गरेर भएको प्रहारले गगन थापा समूह कतिसम्म तल झर्न सक्छन् भन्ने कुराको पुष्टि गरेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया