शेरबहादुरलाई कहिले भेट्ने हो श्रद्देयज्यू ? भेटाइदिने जिम्मा मेरो : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेस, भक्तपुरका सभापति दुर्लभ थापाले शेरबहादुर देउवासँग भेट्न पाइन भन्ने गगन थापाको मिडिया ट्रायलप्रति ब्याङ्ग्य गर्दै भेटको समय मिलाउन आतुर रहेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत सभापति थापाले देउवासँग गगनको भेट गराइदिने र सो भेटका लागि गगनलाई सँगै लिएर जान तयार रहेको बताएका छन् । उनले देउवालाई कहिले भेट्ने हो गगनलाई सँगै लगेर भेट गराउने बताएका छन् ।
भक्तपुर कांग्रेसका सभापति थापाले भने, ‘श्रद्देय नेता एवं पूर्व प्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देउवालाई भेटाउने जिम्मा मेरो । कहिले भेट्ने हो महोदय ?’
गगन थापाको नाम नलिएरै सभापति थापाले देउवालाई भेट्न पाइन भनेर मिडिया ट्रायल गरिएकोमा आपत्ति जनाएका हुन् । गगनले देउवासँग भेट्न समय माग गरेको र आफूले समय नपाएको भनेर आफू निकटका सञ्चारमाध्यम र ‘साइबर सेना’हरूमार्फत् मिडिया ट्रायल गरिरहेका छन् । देउवालाई भेट्नका लागि गगन थापाले दिन, बार, गते र साइत हेर्न पर्दैन । दैनिकरुपमा सयौँ नेता तथा कार्यकर्ताहरूसँग भेट गरिरहेका देउवाले गगनलाई भेट्न मानेनन् भनेर गलत प्रचार गरिएकोमा भक्तपुर कांग्रेसका सभापति थापाले ब्याङ्ग्य गरेका हुन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया