आदिवासी जनजाति समन्वय समितिको कार्यक्रममा देउवासहितका शीर्ष नेताहरू सहभागी

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आदिवासी जनजाति समन्वय समितिद्वारा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन् ।

आइतबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा देउवासहितका नेताहरूचियापान तथा भेटघाट कार्यक्रममा सहभागी भएका हुन् । त्यस क्रममा देउवाले पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भलाकुसारी गरेका छन् ।

चियापान तथा भेटघाट कार्यक्रममा सहभागी देउवासहितका नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसका युवा नेता अञ्जान लामाले स्वागत गरेका छन् । उनले आफूहरूको निमन्त्रणालाई स्वीकार गरेर कांग्रेसको शीर्ष नेतृत्व सहभागी भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

कांग्रेसका नेता तथा कार्यकर्ताहरूसँग भेट गर्नुका साथै देउवाले आदिवासी जनजाति समन्वय समितिका नेताहरूसँग समेत छलफल गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, उमाकान्त चौधरी, डा.प्रकाशमान सिंह, एनपी साउद, दीपक खड्का, मीन विश्वकर्मा, सुजाता परियार, लक्ष्मी खतिवडा, अञ्जान लामा, राजु श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2026 August 23, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया